Friday, August 13, 2010

आज नागपञ्चमी


काठमाडौं, श्रावण २९ - आज श्रावण शुक्ल पञ्चमी । हिन्दुहरुले नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरी मनाइँदैछ ।
नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यँहा
लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको मानिन्छ । नागपूजाको प्रचलन वैदिक कालदेखि चल्दैआएको विश्वास गरिन्छ ।
आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवान्को चित्र टाँसी पूजा गर्नाले वज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ । धार्मिक ग्रन्थ गरुण पुराण, स्कन्दपुराण, नारदपुराण, भविष्यपुराण र वराहपुराणमा नागको पूजा, अर्चनाका बारेमा उल्लेख भएको पाइन्छ ।

वैदिकलगायत बौद्ध र जैन धर्मावलम्बीले पनि नागपूजा गर्ने प्रचलन छ । नागका अष्टकुल अर्थात् अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाई धूपधुवाँर गर्ने तथा आˆना कुलनागका थानहरूमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ ।

नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा घरको मूलद्वारमा नागको चित्र टाँसी पूजा गरेपछि गृहस्थीले क्रमशः नागपूजा गर्ने परम्परा रहेको छ ।

यस उपलक्ष्यमा काठमाडौँ, नक्सालको नागपोखरी, कर्कोटक नागको बासस्थानको रुपमा परिचित काठमाडौँ कै टौदह, -जाहा आज भव्यरुपमा नागपूजा मनाउन विशेष मेलाको आयोजना गरिएको छ । ललितपुरस्थित धापाखेलमा रहेको नागदह, भक्तपुरमा रहेको सिद्धपोखरी, पनौती लगायत अधिराज्यका विभिन्न नागदहमा मेला लाग्ने गर्दछ । (ekantipur)

No comments:

Post a Comment