म्याग्दी, (नेस), आदिकवि भानुभक्त आचार्यले बाग्लुङ जिल्लाको गैरागाउँ ढिकीचौरमा केही वर्ष पढेको तथ्य भेटिएको छ।
आचार्यले तनहुँबाट बाग्लुङ नगरपालिकाको ५ ६ र ७ नम्बर वडामा पर्ने गैरागाउँ ढिकीचौरमा आएर पण्डित
बद्रीनाथ पन्तसँग गरुकुलमा पढेको तथ्य भेटिएको हो। भानुभक्तलाई पढाउने पण्डित बद्रीनाथ पन्तका नाति जलशाही पन्तले मूलपानीनिवासी विश्वनाथ रेग्मीका हजुरबुबा पण्डित गोपाल रेग्मीलाई विसं १९६७ साउन ४ गते रोज ३ मा दान बकस गरिदिएको कागज भेटिएपछि भानुभक्तले बाग्लुङको गैरागाउँ ढिकीचौरमा पढेको तथ्य पुष्टि भएको छ। दान बकसमा पण्डित पन्तले तनहुँ चुँदीरम्घा गाउँ बस्ने भानुभक्तलाई पढाई केही दामसमेत दिई ल्याएको खाल्टेवेसी मादीको तिर पोल्याङ टार्घिया पानी कुस विर्ता खेत मुरी १६ को खेत मुरी ५ पिता प. ईश्वरीदत्त पन्तको निधनपछि सो विर्ता खेत मुरी ५ तुलसी पत्रि जौतिल कुस राखी दान पत्र गरी गोपाल पण्डितलाई दिएको भन्ने उल्लेख छ।
भानुभक्तका गुरु बद्रीनाथ पन्तका नाति जलशाही पन्तले विश्वनाथ रेग्मीका हजुरबुबा पं. गोपाल रेग्मीलाई दिएको दान बकसको साक्षीमा खोलाखेत बस्ने खगराज सिलवाल जगदग्नी पन्त रहनुभएको छ भने बडहरे बस्ने केशवप्रसाद पन्तले बकस लेख्नुभएको छ। साक्षी बस्नुभएका खगराज हुतराज सिलवालका बुबा र प्राध्यापक आनन्द सिलवालका हजुरबुबा हुनुहुन्छ।

No comments:
Post a Comment