लेखनाथ (कास्की) साउन २६- नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिँदैमा राष्ट्रिय सहमति हुने नभएकाले आफूले प्रधानमन्त्री पदको उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारेका छन्। उम्मेदवारी फिर्ता भएको अवस्थामा राष्ट्रिय सहमति बन्न सक्ने आधार एकीकृत नेकपा (माओवादी)ले प्रस्तुत गर्न नसकेको पौडेलेको भनाइ थियो।
उनले माओवादीले भ्रम पैदा गर्नका लागि मात्रै उम्मेदवारी फिर्ताको प्रस्ताव ल्याएको दाबी गरे। नेता पौडेलले एमाओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पदका अर्का उम्मेदवार पुष्पकमल दहालले उम्मेदवारी फिर्ता लिन्छु भन्दै हिँड्नु हावादारी र झुक्याउने रणनीतिक योजना मात्रै भएको टिप्पणी गरे।
पोखरा विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले एमाले र मधेशवादीले प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बसेर राष्ट्रिय दायित्व बिर्सेको आरोप लगाए।
मुलुकलाई लामो समयसम्म अलपत्र राख्नुहुँदैन काँग्रेस उपसभापतिसमेत रहनुभएका पौडेलले भने- 'एमाले र मधेशवादी दल अब तटस्थ बसेर हुँदैन स्पष्टसँग खुल्नुपर्छ।'
रासस
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment