Sunday, August 8, 2010
कांग्रेस महाधिवेशन १४ दिन पर सर्ने
कुलचन्द्र न्यौपाने, काठमाडौ, श्रावण २३ - प्रधानमन्त्रीको निर्वाचनका कारण कांग्रेसको १२ औं केन्द्रीय अधिवेशन भदौ २४ देखि सुरु हुनेगरी सारिने भएको छ । पदाधिकारीहरुको विहान बसेको अनौपचारिक बैठकले अधिवेशन सार्ने सहमति गरेको हो । यसअघि भदौ १० देखि १४ मा काठमाडौंमा महाधिवेशन हुने कार्यक्रम रहेको थियो । कांग्रेस महामन्त्री विमलेन्द्र निधिले अपरान्ह बस्ने केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन सार्ने मिति अनुमोदन गर्ने बताए ।
भदौ २ गतेपनि प्रधानमन्त्री चयन हुन नसकेमा महाधिवेशनले निर्वाचन प्रकृयामा असर पर्ने जनाउदै कांग्रेसले अधिवेशन सार्न लागेको हो । संवैधानिक व्यवस्था अनुसार कुनै दलले पाँच बर्ष भित्र महाधिवशेन गराउनु पर्ने व्यवस्था छ । कांग्रेसको महाधिवेशन नभएको भदौ १४ देखि पाँच वर्ष पुरा हुनेछ । निर्वाचन आयोगको परामर्श समेत लिएर कांग्रेसले महाधिवेशन सारेको हो । निर्वाचन आयोगले महाधिवेशनको प्रकृया सुरुभएपछि केही समय पछि सार्न पाईने सुझाव कांग्रेसका नेताहरुलाई दिएको थियो । कांग्रेसको गाउँ, नगर र क्षेत्रको अधिवेशन पुरा भईसकेको छ । जिल्ला अधिवेशन यहिँ साउन २७ गते हुदैछ । (nagariknews)
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment