Sunday, August 8, 2010

कङ्ग्रेस-एमाले शीर्ष नेताको वैठक सकियो, प्रधानमन्त्री चयनबारे छलफल

तिलक पाठक, काठमाडौं, साउन २३ - प्रधानमन्त्री चयनको विषयलाई लिएर नेपाली कङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको छलफल सकिएको छ। छलफलमा कङग्रेस नेताहरुले सहमतिको सरकार बन्ने सम्भावना नभएकाले मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै आफ्नो नेतृत्वमा सरकार बनाउन सघाउन आग्रह गरेको छ। 'हामीले राखेको प्रस्तावप्रति केही हदसम्म एमालेका साथीहरु सकारत्मक देखिनुभएको छ,' छलफल लगत्तै नेपाली कङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भने, 'हामीले पटक पटक चुनाव गरेरमात्र बस्नुभन्दा मुलुकलाई निकास दिनुपर्ने कुरा राख्यौं।'
नयाँ सरकार गठनको बारेमा मधेशवादी दलको धारणा बुझ्नुपर्ने औल्याइएको सिटौलाले जानकारी दिए। उनका अनुसार कङ्ग्रेसले एमाले नेताहरुलाई सरकार बहुमतीय बनाएपनि संविधान निर्माण र शान्ति प्रकृया टुंगोमा पुर्‍याउन सहमति बनाउन लागिपर्ने बताएको छ। 'बहुमतीय सरकार भएपनि त्यसलाई सहमतीय बनाउन सकिन्छ,' उनले भने।

छलफलमा कङ्ग्रेसका तर्फबाट कार्यबाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि र सिटौलाको उपस्थिति थियो। एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल महासचिव इश्वर पोखरेल र सचिव विष्णु पौडेलको उपस्थिति थियो। (nagariknews)

No comments:

Post a Comment