Thursday, August 12, 2010

दोलखाका १८ घरपरिवार पहिरोले बिस्थापित

२८ साउन, चरिकोट । अविरल वर्षासँगै खसेको पहिरोको कारण दोलखाको दक्षिणी गाउँ भीरकोटका १८ घर परिवार विस्थापित भएका छन् । पहिरोले ल्याएका ठूलाठूला ढुङ्गाको खतराले पूरै दलित बस्ती विस्थापित भएको हो । बिस्थापितहरु छिमेकीको घरमा शरण लिएर बसेका छन् ।
स्थानीय प्रशाशन र नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाले उनीहरुको उद्धार र राहत वितरण सुरु गरिसकेको जिल्ला दैविप्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले बताउनु भयो । १८ घर परिवारका एक सय उन्नाईस जनालाई त्रिपाल भाँडाकुँडा, कम्बललगायत सामग्री वितरण गरी बस्तीलाई सुरक्षित स्थानमा सारिने नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाका अध्यक्ष हर्कबहादुर श्रेष्ठले जानकारी दिनुभयो । (onlinekhabar)

No comments:

Post a Comment