Thursday, August 12, 2010

प्रहरीको फोन काटियो


लक्ष्मी साह निजगढ, श्रावण २८,  महसुल नतिरेपछि राजमार्गको औद्योगिक क्षेत्रमा रहेको प्रहरी चौकीको फोन टेलिकमले काटेको छ । बारा स्थित पुर्व पश्चिम राजमार्गमा पर्ने पथलैया र वीरगंज-पथलैया औद्योगिक क्षेत्र अन्तर्गत
जितपुरमा रहेको प्रहरी चौकीहरुको ल्यान्ड लाईन टेलिफोन काटिएको हो । लामो समयदेखि फोन काटिए पनि प्रहरीले बील तिर्न नसकेर लाईन अझै जोडिएको छैन् । अपराधिक घटना र दुर्घटना हुने यो ठाउँमा फो नहँदा समस्या भईरहेको सर्वसधारणले बताएका छन् ।
यी दुबै चौकीमा महिनौंदेखि फोन सम्पर्क हुँदैन् । लाईन काटिएपछि त्यहाँ सम्पर्क गर्नुपर्दा प्रहरीको मोबाईल नम्बर पता लगाउनुपर्ने हुन्छ । 'महसुल नबुझाएपछि टेलिकमले दुईवटै प्रहरी चौकीको फोन लाईन काटेको छ' एक प्रहरी अधिकारीले भने । यो दुबै ठाउँ सुरक्षा र दुर्घटनाको दृष्टिले संवेदनशील मानिन्छ । सिमरा टेलिकमले प्रहरी चौकी जितपुरमा रहेको ०५३-५२००२२ र पथलैयामा रहेको ०५३-५२१५०० नम्बरको एक/एक मात्र ल्यान्ड लाइन टेलिफोन काटेको हो । प्रहरीको फोन काटेको काट्यैले सर्वसधारणले समस्या बारे जानकारी गराउन पाएका छैनन् ।
फोनको लाईन काटेको महिनौं वितिसक्दा पनि प्रहरीले महसुल तिरेको छैन् । तीन लाख भन्दा बढि टेलिफोन महसुल तिर्न बाँकी रहेको प्रहरीले जनाएको छ । 'फोन नभएकोले महत्वपुर्ण सुचना आउन छोडेकोले काम गर्न असजिलो भएको छ' प्रहरी चौकीका एक इन्चार्जले भने, 'लाइन काटिएको बर्ष हुन लाग्यो, जिल्लाबाट कुनै वास्ता छैन् ।' (ekantipur)

No comments:

Post a Comment