Friday, August 6, 2010

माओवादीद्वारा भारतीय दूतावाससँग जवाफ माग

काठमाडौं, साउन २२ (नागरिक) - एकीकृत नेकपा माओवादीले भारतीय दूतावासबाट केन्द्रीय सदस्य सभासद् रामकुमार शर्मालाई धम्की आएकोमा आपत्ती प्रकट गरेको छ। हिजो शर्माले भारतीय दूतावासका एक काउन्सलरले ज्यान मार्ने धम्की दिएको दावी गरेका थिए। माओवादीले धम्कीबारे भारतीय दूतावाससँग जवाफ माग गरेको छ भने सरकारलाई अनुसन्धानका लागि आग्रह गरेको छ।
शनिबार बिहान बसेको माओवादी पदाधीकारी वैठकले भारतीय दूतावाससँग धम्कीको जवाफ माग गरेको हो।

No comments:

Post a Comment