Monday, August 9, 2010

लम्जुङमा भाइरल ज्वरो र झाडापखालाको प्रकोप

२५ साउन, लम्जुङ । लम्जुङको धुसेनी गाविसमा भाइरल ज्वरो, निमोनिया र झाडापखालाको प्रकोप फैलिएको छ । धुसेनीका कोइरालाफाँट, पिरन्तीबेसीलगायत स्थानमा फैलिएको प्रकोपबाट केटाकेटी र बुढाबुढी बढी प्रभावित छन् ।

भाइरल ज्वरो र झाडापखाला फैलिएपछि स्थानीय, सौभाग्यसदन, सिद्धि सदनलगायत विद्यालय बन्द भएका छन् । ७५ प्रतिशत विद्यार्थी र शिक्षकहरु ज्वरो आउने, टाउको दुख्ने र पखाला लाग्ने समस्याबाट पीडित छन् ।

विद्यार्थी र शिक्षकहरु विरामी भएपछि विद्यालय नै बन्द गर्नुपरेको सौभाग्य सदन माविका सहायक प्रधानाध्यापक तीर्थराज ढकालले बताउनुभयो । (onlinekhabar)

No comments:

Post a Comment