काठमाडौ, श्रावण २२ - न्यून बजेटका कारण जीर्ण अवस्थामा रहेका सयौं पुलको मर्मतसम्भार हुन नसकेपछि सरकारले चालू वर्षमा बजेट बढाएर करिब ३२ करोड रुपैयाँ विनियोजन गर्ने भएको छ । गत आवमा पुल मर्मतसम्भारका लागि ३ करोड रुपैयाँ मात्रै बजेट थियो । अर्थ मन्त्रालयले उक्त रकम दिन सहमत भएको सडक विभाग पुल परियोजना महाशाखाका परियोजना प्रबन्धक माधवकुमार कार्कीले बताए । 'उक्त बजेट पाएमा पुल मर्मतसम्भारमा भएका समस्या समाधानको खोजी गर्छौं,' उनले भने, 'मुलुकभरि पुलको अवस्था अध्ययन गरी कहाा कस्तो पार्टपुर्जा फेर्ने र मर्मतसम्भार गर्ने भन्ने काम थाल्छौं ।' बजेट विनियोजन हुने बित्तिकै परामर्शदाता नियुक्त गर्ने उनले
बताए । कति पुल मर्मत गर्नुपर्ने अवस्थामा छन् भन्ने यकिन तथ्यांक विभागसाग नभए पनि अधिकांश पुल मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छन् । पुलको औसत आयु ७० देखि १ सय वर्ष हुने सम्बद्ध विज्ञ बताउँछन् । हालसम्म विभागले करिब साढे १३ सय पुल बनाइसकेको छ । तीनमा २५ वर्षभन्दा बढी समय पुगेका पुलमा समस्या देखिन थालेको प्राविधिकहरू बताउँछन् । कुनै पुल ४० वर्ष पनि काटिसकेका छन् । 'समस्या नआईकन समाधान नखोज्ने प्रवृत्तिले पनि धेरै पुलमा एकैचोटि समस्या देखिएको हो,' उनले भने, 'पुल निर्माण भएको केही वर्षमै बेरिङको मर्मत र फेर्नुपर्ने हुन्छ तर त्यतातिर पनि राम्रो ध्यान पुग्न सकेको छैन ।' स्टिलको पुलमा स्टिल र कन्त्रिmटमा रबरको बेरिङ राख्ने चलन छ । (कान्तिपुर)
Friday, August 6, 2010
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment