Saturday, August 14, 2010

अश्लिल फोटो खिच्ने फोटो स्टुडियोका सञ्चालक पक्राउ

माधब अर्याल, पाल्पा, श्रावण २९ - अश्लिल फोटो खिच्ने तानसेन स्थित एक फोटो स्टुडियोका सञ्चालक शनिवार पक्राउ परेका छन् । तानसेनकै एक विद्यालयमा कक्षा १० पढ्ने एक छात्राको अश्लिल तस्विर खिचेर
फेसबुकमा राखेको आरोपमा बडिज्ञानटोलका प्रतिभा फोटो स्टुडियोका सञ्चालक दुर्गालाल श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनलाई स्टुडियोमा फोटो खिचाउन आउदा अश्लिल फोटो खिचेको आरोप छ । १७ वर्षीय स्कुले छात्राको स्तन र संवेदनशिल अंग देखि अश्लिल तस्विर खिचेको आरोप छ । खिचिएकिा तस्वीर फेसवुक मार्फत् सार्वजनिक भएपछि प्रहरीले उक्त तस्वीरलाई अध्यन गरेको थियो ।
श्रेष्ठले आफुले उक्त तस्वीर खिचेपनि फेसबुकमा भने नराखेको प्रहरीलाई बताएका छन् । उक्त तस्वीर तानसेनका युवाहरुको मोवाईलमा छ्यापछ्याप्ती देखिएका छन् ।
बसपार्कमा रहेको कलर ल्याबले आफूबाट ती तस्विर लगेको उनले बताए । प्रहरीले कलर ल्याबका सञ्चालकलाई नियन्त्रणमा लिई छानबिन प्रक्रिया अघि बढाउने बतायो । छात्राका आफन्तले दोषीलाई कारवाही गर्न माग गर्दै प्रहरीमा लिखित उजुरी दिएका छन् ।
प्रहरी नायव उपरिक्षक पवन कुमार गिरीले दोषीलाई कानुन बमोजिम कारवाहि गरिने बताए । फोटो स्टुडियो संचालकलाई प्रारम्भिक अनुसन्धानको लागि नियन्त्रणमा लिएको उनले बताए । (ekantipur)

No comments:

Post a Comment