काठमाडौ, श्रावण २९ - शुक्रबार ग्याँस सिलिन्डर चुहिएर आगो लाग्दा घाइते भएकी माओवादी सभासद रामकुमारी यादवको उपचारका क्रममा शनिबार नयाँ दिल्लीमा मृत्यु भएको छ । उनलाई दिल्लीबाट आएको एयर
एम्बुलेन्समा राखेर त्यहाँस्थित सफदरजंग अस्पतालमा उपचारका लागि आजै लगिएको थियो ।माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराका अनुसार यादवको साँझ साढे सात वजे अस्पतालमा मृत्यु भएको हो ।
शुक्रबार बिहान ३ बजे ग्याँस प्रवाह हुने प्लाष्टिकको पाइप मुसाले काटेका कारण चुहिंएको ग्याँसमा आगो लाग्दा उनी घाइते भएकी थिइन् । शरिरको ८० प्रतिशत भाग जलेको चिकित्सकहरुले जनाएका थिए । । उपचार गराइरहेको बीर अस्पतालले उपचार हुन नसक्ने जनाएपछि उनलाई दिल्ली लगिएको हो । दिल्लीबाट तीन जना चिकित्सक आएको र नेपालबाट एक जना चिकित्सक गएका छन् । (ekantipur)

No comments:
Post a Comment