Monday, August 9, 2010

नयाँ निर्वाचनमा जानुपर्नेमा यादवको जोड

नेपालगन्ज (बाँके), साउन २४- तराई मधेश फोरमका अध्यक्ष अमर यादवले संविधानसभालाई निरन्तरता दिनुभन्दा नयाँ निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन्।

प्रमुख राजनीतिक दलले मधेशवादी दललाई भुलाएर मधेशका मुद्दा कमजोर पार्ने षड्यन्त्रमा लागेको उनको आरोप थियो।

सरकारका नीति र कार्यक्रम मधेशीका लागि पर्याप्त नभएको भन्दै उनले त्यसतर्फ राज्यले ध्यान दिनुपर्नेमा जोड दिए।

फोरमद्वारा नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संविधान जारी गर्ने जनताले दिएको समयावधि समाप्तिपछि संविधानसभाको औचित्य समाप्त भइसकेको दाबी गर्दै निर्वाचनमा जानुको विकल्प नरहेको दाबी गरे।(रासस)

No comments:

Post a Comment