Monday, August 9, 2010

'नयाँ साझा उम्मेदवार खोजौं' - भट्टराई

भोजराज भाट, काठमाडौं, साउन २५- एकीकृत माओवादीले प्रधानमन्त्री निर्वाचनका दुबैले उम्मेदवारी फिर्ता लिई राष्ट्रिय सहमतिको सरकारका लागि साझा उम्मेदवार खोज्ने प्रस्ताव गरेको उपाध्यक्ष बाबुराम भट्टराईले बताएका छन्। माओवादी र कांग्रेस शीर्ष नेतृत्वबीच बिहान भएको भेटघाटमा कांग्रेस पक्षले ठोस जवाफ नदिएको उल्लेख गर्दै उनले भने, 'पटक-पटक निर्वाचन दोहोर्‍याइराख्दा राम्रो सन्देश जाँदैन। अध्यक्ष जस्तो मान्छे पटक-पटक हारिराख्नु हुँदैन।'

चौथोपटकको निर्वाचन पनि निष्फल भएपछि पार्टी पदाधिकारी बैठकले शनिबार सहमति खोज्ने निर्णय गरेको उल्लेख गर्दै भट्टराईले सोमबार नागरिसकसँग अन्तर्वार्तामा भने, 'हाम्रो तर्फबाट प्रधानमन्त्री उम्मेदवार अध्यक्ष प्रचण्डले अर्का प्रत्यासी रामचन्द्र पौडेलसँग दुबैले उम्मेदवारी फिर्ता लिऊँ र सहमति प्रक्रिया अघि बढाउँ भन्ने प्रस्ताव राख्नुभएको छ।'

भारतीय प्रधानमन्त्रीका विशेष दूत श्यामशरणसँग आफूले एक्लै भेटवार्ता गरेको जानकारी पार्टी पदाधिकारी बैठकलाई दिएको समेत भट्टराईले बताएका छन्। आफ्नो उक्त भेटघाटबारे पार्टीभित्र गरिएको टिप्पणीलाई मानसिक रोगको संज्ञा दिँदै उनले भनेका छन्, 'अध्यक्षले पनि छुट्टै भेट्नुभएको छ।'

शरणले माओवादी अध्यक्ष, उपाध्यक्षत्रय, महामन्त्री र विदेश विभाग प्रमुखलाई संयुक्तरूपमा अध्यक्ष पुष्पकमल दाहाल निवास, नयाँ बजारमा भेटेका थिए। त्यसपछि उनले भट्टराई र दाहालसँग छुट्टाछुट्टै कुराकानी गरेका थिए। स्रोतका अनुसार, शरणले राष्ट्रपति रामवरण यादवलाई पनि दोहोर्‍याएर भेटेका थिए।

पार्टीकै सल्लाहमा श्याम शरणसँग भेटः बाबुराम
सहमतिको साझा उम्मेदवार को हुनसक्छ त भन्ने प्रश्नमा भट्टराईले 'जसले शान्ति र संविधान सुनिश्चित गर्नसक्छ' भन्ने जवाफ दिँदै भनेका छन्, 'त्यस्तो व्यक्ति छानौं। माओवादी पार्टीभित्रैबाट हुनुपर्छ भन्ने हाम्रो भनाइ हो। त्यो भएर सबै विकल्पमा हामी खुला छौं भन्ने पार्टीको धारणा हो।' (nagariknews)

No comments:

Post a Comment