Tuesday, August 10, 2010

राजसंस्था हटाइएकोले राष्ट्रियता संकटमा : थापा

२६ साउन, वेल्जियम । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था हटाइएकोले राष्ट्रियता संकटमा परेको बताउनु भएको छ ।
राप्रपा वेल्जियम प्रवासी संगठनद्वारा वेल्जियमको लुभेन शहरमा आयोजित बृहत अन्तर्क्रियामा थापाले राजतन्त्र स्थापना निरङ्कुशताको पुनरावृत्ति नभइ राष्ट्रिय विकल्पको मुद्दा भएको दावी गर्नुभयो ।

सर्वोच्च अदालतलेसमेत असंवैधानिक ठहराई अस्वीकार गरेको नागरिकता ऐन, २०६३ को आन्दोलन पछि तत्कालीन सात दलले कार्यान्वयन गरी २० लाख विदेशीहरुलाई नागरिकता दिएर राष्ट्रघात गरेको उहाँले आरोपसमेत लगाउनु भएको छ ।
नेपालमा कसको र को सरकारमा जाने भन्ने सवालमा भारतीय निर्देशन र भारतीय विशेषदूत श्यामशरणको चासोप्रति उहाँले आपत्ति प्रकट गर्नुभयो । (onlinekhabar)

No comments:

Post a Comment