१५ वैशाख, गोरखा । गोरखा जिल्लामा रहेको ८ हजार १ सय ६३ मिटर उचाईको मनासलु हिमालमा दुई कोरीयाली आरोही वेपत्ता भएका छन् । चैत ३० गते सिर्दीवासबाट सामागाउँ बेस क्याम्पतर्फ लागेका उनीहरु वैशाख १३ गतेदेखि सम्पर्कविहीन छन् ।
चार कोरीयाली र २ नेपाली सहभागी उक्त टोलिबाट एक जनाको शव मंगलवार हेलिकप्टरको सहयोगबाट निकालिएको गोरखा जिल्ल्ााका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक विष्णु केसीले जानकारी दिनुभयो । हराएकाहरुको खोजी भइरहेको उहाँले बताउनुभयो । (अनलाइनखबर)
Tuesday, April 27, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment