उपेन्द्र लामिछाने, काठमाडौं, वैशाख १५ - पूर्व युवराज पारसले नागरिकको हैसियतले आफूले देशमा शान्ति चाहेको बताएका छन्। वीरगञ्ज जाने क्रममा सिमरा विमानस्थलमा नागरिकन्युजसँग संक्षिप्त कुराकानी गर्दै पारसले मुलुकमा हिंसा बढ्दै गएकोमा चिन्ता जनाए।
'मेरो भ्रमण राजनीतिक हैन, धार्मकि र सामाजिक हो,'- उनले भने। विमानस्थलमा ओर्लिए लगत्तै उनी वीरगञ्जतर्फ लागेका छन्। वीरगञ्जमा उनले माइस्थान र महावीरस्थान मन्दिरमा पूजा गर्नेछन्। वीरगञ्जको एक सामुदायिक आँखा अस्पताल उदघाटन गर्ने कार्यक्रम पनि तय भएको छ। -नागरिकन्युज
Wednesday, April 28, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment