Friday, April 30, 2010

दाहालबाहेकको नेतृत्व माओवादीले नमान्ने

प्रमले राजीनामा दिए पनि प्रदर्शन नरोकिने-


काठमाडौँ, वैशाख १७ (नागरिक)- एकीकृत नेकपा माओवादीको आज बिहान बसेको पदाधिकारीको बैठकले अध्यक्ष पुष्पकमल दाहाल कै बाहेक सरकारमा अरुको नेतृत्व नमान्ने निर्णय गरेको छ। उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतिका लागि दाहालको विकल्प खोज्न सकिने अभिव्यक्ति दिएपछि आजको बैठकमा यसबारे चर्चा भएको थियो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सीपी गजुरेलले पार्टीले दाहालबाहेक अरुको नेतृत्वका विषयमा कुनै अर्को निर्णय नगरिएको बताए। 'केही पत्रिकाहरुले मिसइन्टरप्रेट मात्रै गरेका हुन्', उनले बताए।

अर्का नेता नारायणकाजी श्रेष्ठले शनिबार मे दिवसको प्रदर्शन 'असाधारण' हुने बताए। प्रधानमन्त्रीले आज राजीनामा दिए पनि भोलिको प्रदर्शन नरोकिने उनले बताए।

No comments:

Post a Comment