Wednesday, April 28, 2010

चन्दाको निहुमा कुटपिट गर्ने माओवादी विरुद्ध नारावाजी

समुन्द्र पौडेल, तनहुँ, बैशाख १५ - माओवादीले व्यापारीलाई कुटपीट गरेपछि तनहुँ भिमादका व्यापारीहरुले बुधबार भीमाद बजार बन्द गर्दै माओवादी विरुद्ध नाराबाजी गरेका छन्। चन्दा नदिएको भन्दै बाईसिएलका कार्यकर्ताले मंगलबार राती तनहुँ भिमादका ५ व्यापारीलाई कुटपीट गरेका थिए।

मोटर साइकलमा आएका वाईसिएलका १० जना कार्यकर्ताले चन्दा नदिएको भन्दै भिम सिंह थापा, राकेश बतास, कृष्ण श्रेष्ठ, मणी थापा र तारा रानालाई कुटपिट गरेका हुन्।

कुटपीटको विरुद्धमा तनहुँ उद्योग वाणिज्य संघ, भिमाद बजार इकाईले बजार बन्द गराएको हो। चन्दाको विषयलाई लिएर खैरेनीटार क्षेत्रबाट गएका वाईसिएलका कार्यकर्ताले व्यापारीमाथी आक्रमण गरेकाले बजार बन्द गरिएको भिमाद बजार इकाइका अध्यक्ष हस्त बहादुर खड्काले बताए। माओवादीले केही दिनदेखि जिल्लामा चन्दा संकलन अधियानलाई तिब्र बनाएको छ।

माओवादी तनहुँ क्षेत्र नं. ३ का इन्चार्ज विश्वजीतले तास खेलिरहेको समयमा तास नखेल्न अनुरोध गर्दा उनीहरुले हातपात गरेपछि सामान्य झडप भएको बताए। उनले भने, 'चन्दाको नदिएको विषयमा आक्रमण भएको होइन।' (नागरिकन्यूज)

No comments:

Post a Comment