Monday, April 26, 2010

माओवादी नेताको गोली हानेर हत्या

कपिलवस्तु, वैशाख १३ - माओवादी नेता राजेन्द्र तिबारी प्रदिपलाई गोली प्रहार गरी सोमबार साँझ हत्या गरिएको छ ।

सीमा क्षेत्रको चाकरचौडाबाट आफनो घर पकडी तर्फ आउदै गर्दा बाटोमा मोटर साईकलमा आउदै गरेका बेला उनलाई गोली प्रहार गरी हत्या गरिएको माओवादी पार्टीले जनाएको छ । हत्या गरिएका तिबारी मधेशी राष्टिय मुक्ती मोर्चाको केन्द्रीय सचिबालय सदस्य तथा अबध मधेश राज्य समिति सदस्य रहेको बताईएको छ । उनी आफनो ईटा भटटाबाट घर तर्फ आउदै थिए ।

हत्याको जिम्मा अखिल तराई मुक्ती मोर्चा (गोईत) समुहले लिएको उक्त समुहका सैन्य कमाण्डर प्रबलले संचारकर्मीलाई बताए । तिबारीलाई गोली प्रहार गर्दा तिबारी र समुह बिच केही झडप भएको थियो । झडपमा गोईत समुहका नागार्जुन घाईते भएको सैन्य कमाण्डर प्रबलले बताए । त्यस्तै तिबारीसंग मोटरसाईकलमा रहेका एक जना पनि घाईते भएका छन् ।

आफना कार्यकर्ता पक्राउ गराएको र मधेश बिरोधी क्रियाकलाप गरेकाले तिबारीको हत्या गरिएको अखिल तराई मुक्ती मोर्चा (गोईत)ले जनाएको छ । दोहोरो भिडन्त भएको र टोली घटना स्थल गएको प्रजिअ लक्ष्मण बहादुर थापाले बताए । (कान्तिपुर)

No comments:

Post a Comment