Monday, April 26, 2010

श्रीमानको हत्या नभएपछि आत्महत्या

गुल्मी- , वैशाख १३ - घरायसी झगडामा श्रीमान्को हत्या गर्न नसकेपछि यहाँकी एक महिलाले सोमबार भिरबाट हाम फालेर आफै आत्महत्या गरेकी छन् ।


घरायसी विवादमा धुर्कोट रजस्थल गाविस-१ की २३ वर्षीय सिता नेपालीले आपmनै श्रीमान् २५ वर्षीय टोमबहादुरलाई हसिँयाले टाउकोमा प्रहार गरेकी थिईन । श्रीमानको मृत्यु नभएपछि अत्तालिएकी उनी नजिकै पोखरीको भिरमा गएर हाम फालेको प्रत्यक्षदर्शी टोमबहादुरकी भाउजु बिमला नेपालीले बताएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीले बताए । हँसिया प्रहारबाट घाइते श्रीमानको तम्घास अस्पतालमा उपचार भैरहेको छ ।

No comments:

Post a Comment