Friday, April 30, 2010

भिजिलान्तेको खोजिमा वाईसीएलको रात्री गस्ती

१७ बैशाख, काठमाण्डौ । एकीकृत नेकपा माओवादी निकट वाइसीएलले अपराधिक भिजिलान्तेहरूले राजधानीको न्युरोड, नयाँ बजार, त्रिपुरेश्वर लगायतका ठाउँहरूमा जवरजस्ती चन्दाको नाममा पसल बन्द गर्ने आतंकित बनाउने, धम्क्याउने कार्य गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।वाईसीएल कार्यालय सचिव आरसी शर्माले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘यो सोझै माओवादीको लोकपि्रयताबाट अतालिएकाहरूको कठपुतलीहरूको काम हो । एकातिर सत्ताधारी दलहरूले प्रतिकार गर्ने भन्नु र अर्कातिर यस्ता घटनाहुनुले अपराध कार्यमा सरकारी संलग्नताको पुष्टि गर्छन् ।’
जनतासँग आन्दोलनकारीको नङ र मासुको सम्बन्धबाट अत्तालिएर प्रतिक्रियावादी सत्ताको ग्रायण्ड डिजाइनमा यस्तो भएको पनि शर्माको ठहर छ । वाईसीएल त्यस्ता अपराधी गिरोहलाई जनसमक्ष ल्याएर यथोचित कार्वाही गर्न प्रतिवद्ध रहेको र कहीँकतै पनि जवरजस्ती चन्दा उठाउने र धम्क्याउने संगठनको कुनै नीति नरहेको पनि वक्तव्यमा स्पष्ट पारिएको छ ।

सम्पूर्ण उद्योगी, व्यापारी तथा जनसमुदायहरूलाई भ्रमित नहुन र त्यस्ता कृयाकलापको पछि नलागी शान्तिपूर्ण आन्दोलनलाई सहयोग गर्न पनि वाईसीएलले अपिल गरेको छ ।

भिजिलान्तेविरुद्ध सचेत पार्न कोणसभा

यसैबीच एकीकृत नेकपा(माओवादी)ले भिजिलान्तेहरूद्वारा चलाइएको उक्त चन्दाआतंकबारे जनतालाई आवश्वस्त पार्न शुक्रबार साँझ काठमाडौंको ठमेल गेष्टहाउसअगाडि, सोह्रखुट्टे र कर्मचारी सञ्चयकोषको भवनअगाडि कोणसभा गरेको छ ।

ठमेल गेष्टहाउसअगाडि एकीकृत माओवादीका केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल र सोह्रखुट्टेमा केन्द्रीय सदस्य भक्तबहादुर शाहले कोणसभालाई सम्बोधन गर्नुभएको छ ।

ललितपुरमा डेलिगेशन

भिजिलान्तेहरूले ललितपुरमा पनि पसल बन्द गराउँदै हिँडेपछि एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्यद्वय पम्फा भुसाल, निनु चापागाईं, केन्द्रीय सदस्य जयपुरी घर्ती, रेखा शर्मालगायतको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेलाई त्यसबारे सचेत गराएको छ ।

यसैबीच पुलचोकलगायतका स्थानमा वाईसीएललले माइकिङ्ग गरेर पसल खोल्न आह्वान गरेको छ । साथै ललितपुरमा राति हुनसक्ने सम्भावित तोडफोडबाट जोगाउन वाईसीएलका स्वयम्सेवकहरूले रात्रीगस्ती गर्ने भएका छन् । (onlinelinekhabar)

No comments:

Post a Comment