Monday, April 26, 2010

सेना परिचालन हुँदैनः रक्षामन्त्री

१३ बैशाख, विराटनगर । रक्षामन्त्री बिद्यादेवी भण्डारीले माओवादी आन्दोलन दवाउन सरकारले सेना परिचालन नगर्ने बताउनुभएको छ ।


बिराटनगर विमानस्थलमा सोमबार संचारकर्मीहरुसंग कुरा गर्दै रक्षमन्त्री भण्डारीले माओवादी आन्दोलन हिंसात्मक भए सेना बाहेकको सबै सुरक्षा निकायलाई परिचालन गरि नियन्त्रण गर्ने बताउनुभएको हो । माओवादी आन्दोलन हिंसात्मक र अराजक भए सरकारले नियन्त्रणका लागि उच्च सर्तकता अपनाइसकेको उहाँले बताउनुभयो ।

माओवादीले सत्ता कब्जा गर्ने नियतबाट आन्दोलनलाई हिंस्रक बनाउन खोजेको आरोप लगाउदै मन्त्री भण्डारीले माओवादी आन्दोलनबाट नडराउन आग्रह गर्नुभयो । उहाँले माओवादीको आन्दोलनलाई मध्यनजर गरी सरकारले सुरक्षा व्यवस्था सुदृढ गरिसकेकोले त्यस्तो आन्दोलनलाई सरकारले परास्त गर्ने दावी गर्नुभएको छ ।

जेठ १४ गते संविधान नबनेपनि देश संविधान विहिन नबन्ने भन्दै उहाँले अन्तरीम संविधान मार्फत नै मुलुकलाई अगाडि बढाउने प्रष्ट पार्नुभयो । माओवादीले सडकमा आन्दोलन गरेकै कारण यो सरकारले राजीनामा नदिने भन्दै रक्षमन्त्री भण्डारीले भन्नुभयो ‘माओवादीको धम्कीकै भरमा राजीनामा दिने हो भने मुलुकमा अराजकता निम्तिन्छ ।” आफूले भनेको सबै कुरा ठिक हो भन्ने माओवादी परिपाटी गलत भएको र त्यसलाई सरकारले मान्नुपर्छ भन्ने वाध्यता नरहेको बताउनुभयो l (अनलाइनखबर)

No comments:

Post a Comment