काठमाडौं, १३ बैशाख (नागरिक)- चलचित्र निर्माता तथा नायक रोज राणा भनिने सरोज थापा सहित तीन जनाविरुद्ध मानव बेचविखनको अभियोग लागेको छ। बागबजारमा रहेको भिआईपी डान्सबारका महिला कामदारहरुलाई जर्बजस्ती अश्लिल नृत्य गराउन बाध्य बनाएको अभियोगमा महानगरिय प्रहरी परिसरले बारका सञ्चालकहरुलाई सो अभियोग लगाएको हो।
वास्तविक नाम सरोज थापा भएपनि उनले आफुलाई रोज राणाको रुपमा चिनाउंदै आएका छन्। सारोजद्धारा अभिनित चलचित्र 'टक्कर दुई मुटुको' अहिले राजधानीका हलहरुमा प्रर्दशन भईरहेका छन्। काठमाडौं परिसरका डिएसपी केदार ढकालका अनुसार १० गते बेलुका प्रहरीले डान्सबारमा छापा मारेर नग्न नृत्य गरिरहेको अवस्थामा बारवाट चार जना डान्सरलाई पक्राउ गरेको थियो।
पक्राउ डान्सहरु डान्सहरुले बार सञ्चालक संचालक सरोज भन्ने रोज राणा, सम्पन्न भन्ने बाबा श्रेष्ठ र डान्सबारका मेनेजर राजेन्द्र रायमाझीले एक वर्षदेखी जर्वजस्ती नग्न नृत्य गराएको बयान दिएपछि प्रहरीले तीनै जनाविरुद्ध मानव वेचविखन विरुद्धको अभियोग लगाएको हो। प्रहरीले यस अगाडि डान्सबारवाट पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध गरेको अभियोगमा मुद्दा चलाउँदै आएको थियो।
सरोज यस अगाडि पनि नग्न नृत्य गराएको अभियोगमा पक्राउ परी काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए। चलचित्र नायक निखिल उप्रेतीकी श्रीमतीलाई डेरामा गएर मार्ने धम्की दिएको अभियोगमा उनीहरु ६ महिना अगाडि पनि पक्राउ परेका थिए।
ढकालका अनुसार पक्राउ महिलाको बयानवाट बार सञ्चालकहरुले जबरजस्ती अश्लिल नाच नाच्न लगाई शोषण गरि मानब बेचबिखन तथा ओसार पसारको अपराध गरेकोले उनीहरुविरुद्ध मानव वेचविखनको अभियोग लगाएर कारवाही प्रकृया अगाडि बढाएको बताए। काठमाडौं परिसरले रोज सहित तीनै जनाविरुद्ध लागेको अभियोग सोमवार काठमाडौं जिल्ला अदालतबाट प्रमाणित गराएको छ। अभियोग लागेका तीनै जनालाई प्रहरीले खोजि गरिरहेको छ।
Monday, April 26, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment