Monday, April 26, 2010

त्रिचन्द्रमा झडप, प्रहरी भ्यानमा आगो

काठमाडौं, वैशाख (नागरिक)- त्रिचन्द्र कलेजमा नेविसंघका विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपमा रत्नपार्कको ओभरहेड ब्रिज मुनि प्रहरी भ्यानमा आगो लगाइएको छ। गिरफ्तार कार्यकर्ता रिहाइको लागि गृहमन्त्री भीम रावलको पुत्ला जलाउने क्रममा प्रहरीसँग झडप भएको हो।


प्रहरी भ्यानमा आफूहरुले आगो नलगाएको त्रिचन्द्र नेविसंघका पिताम्बर भण्डारीले नागरिकन्युजलाई बताए। सडक अवरुद्ध पारी गृहमन्त्रीको पुत्ला जलाउन आएका विद्यार्थी र प्रहरीबीच २० मिनेट झडप भएको थियो। प्रहरी केहीपछि हटेपछि विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान भएको थियो। झडपमा परी राजेन्द्र बाँस्तोला घाइते भएका छन्। उनलाई उपचारका लागि मोडल अस्पताल लगिएको छ।

No comments:

Post a Comment