काठमाडौँ, वैशाख १३ (नागरिक) नेपाल विद्यार्थी संघले चाबहिलमा गरेको आन्दोलनमा प्रहरीले हानेको ढुंगाबाट पत्रकारहरु घाइते भएका छन् । नागरिकका फोटोपत्रकार विजय राई, राजधानीका फोटोपत्रकार अशोक महर्जन र थप एक पत्रकार घाइते भएको नागरिकन्युजकर्मी केशब थोकरले जनाएका छन्। घाइतेको मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले १५ सेलजति अश्रुग्यास प्रहार गरिसकेको छ।
घाइतेको मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले १५ सेलजति अश्रुग्यास प्रहार गरिसकेको छ। आन्दोलनकारीले एउटा मोटरसाइकल जलाएका छन्। चाबहिल-गौशाला क्षेत्र तनावग्रस्त छ।
अनेरास्ववियु त्रिचन्द्र इकाई सभापति समिक बडालमाथि खुकुरी हानेको आरोपमा पक्राउ परेका त्रिचन्द्र स्ववियु उपसभापति विष्णु पौडेलेको रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघ विरोध प्रदर्शनमा उत्रिएको हो।
नेविसंघका विद्यार्थीहरूले सोमबार उपत्यकाका विभिन्न स्थानमा एक घन्टा चक्काजाम गर्नुका साथै आधा दर्जन सवारी साधनमा तोडफोड र आगजनी गरेका थिए। उनीहरुले आजसम्म पक्राउ परेका विद्यार्थीको रिहाइ नगरे भोलि बुधबार उपत्यका बन्द गर्ने घोषणा गरेका छन्।
रत्नपार्कमा सोमबार जलाइएको संस्थानको गाडी। तस्बिरः भास्वर ओझा
रत्नपार्कमा सोमबार फोटो पत्रकारहरुमाथि आक्रमण गर्दै प्रहरी। तस्बिरः दीपक तोलांगे
Tuesday, April 27, 2010
Subscribe to:
Post Comments (Atom)




No comments:
Post a Comment