Thursday, April 29, 2010

झडपमा एकको मृत्यु एक गम्भीर

अर्जुन शाह बाजुरा, वैशाख १६ - बाजुराको वाई-३ जेरास्थित तल्लोवाडाका स्थानीय बासिन्दाबीच भएको आपसी झडपमा बुधवार बेलुका ३५ वर्षीय सुकेन्द्र शाहीको मृत्यु भएको छ । ५० वर्षीय गोरख शाही गम्भीर घाईते भएका छन् ।

प्रधानमन्त्री राहत कोषबाट गाउँमा आएको रकमले कुलो वा बाटो निर्माण गर्ने सम्बन्धमा गाउँका दलित र गैरदलितबीच विवाद भएको थियो । दिनभर विवाद नमिलेपछि दलित समूदायका व्यक्तिहरुले राति सुकेन्द्र र गोरखमाथि बन्चरो प्रहार गरेपछि सुकेन्द्रको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए । उपचारकालागि सुर्खेत लैजादै गर्दा बाटैमा उनको मृत्यु भएको थियो । गोरखको कोहलपुर मेडिकलमा उपचार भईरहेको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले घटनामा संलग्न सात जनालाई पक्राउ गरिएको प्रजिअ पाण्डेले बताएका छन् । (इकान्तिपुर)

No comments:

Post a Comment