Thursday, April 29, 2010

सुरक्षा प्रमुखसंग भेट्ने माओवादी प्रयास विफल

१६ वैशाख, काठमाण्डौ । आफूहरुको जनप्रदर्शन तथा आमहड्तालबारे वि्रफिङ गर्न सुरक्षा निकायका तीन अंगका प्रमुखहरुसंग माओवादी अध्यक्षले भेट्ने प्रयास विफल भएको छ ।गृहमन्त्री भिम रावलले माओवादी अध्यक्ष प्रचण्डको यसप्रकारको आग्रहलाई अस्विकार गर्दै आवश्यक परे आफै वि्रफिङ गर्न तयार रहेको जवाफ दिएको स्रोतले बताएको छ ।

अध्यक्ष प्रचण्डले पार्टीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरामार्फत बैशाख १८ गतेको जनप्रदर्शन तथा १९ गतेदेखि गर्ने आमहड्तालबारे जानकारी गराउन तीन सुरक्षा अंगका प्रमुखसंग भेट्न समय माग गर्नुभएको थियो ।
प्रचण्डको आग्रहलाई ठाडै अस्विकार गर्दै गृहमन्त्री भन्नुभयो ‘आन्दोलन गर्नेसंगै सुरक्षाका अंगहरुले छलफल गर्न सान्दर्भिक छैन, आवश्यक परे म आफै वि्रफिङ गर्छु’- स्रोतले भनेको छ ।
प्रचण्डले सुरक्षा प्रमुखहरुसंग आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने र आन्दोलनका क्रममा तपाईँहरु पनि संयमता पूर्वक प्रस्तुत हुन आव्हान गर्ने कार्यक्रम थियो ।
माओवादीको विहीबार बसेको जनसङ्घर्ष परिचालन समितिको बैठकले जनप्रदर्शनमा सेना परिचालन गर्ने सरकारी धम्की शान्तिसम्झौता र अन्तरिम संविधानविपरीत भएको ठहर गर्दै शान्तिपूर्ण जनप्रदर्शन गर्ने अधिकारमाथि हस्तक्षेप नगर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।
सेना परिचालन र दमन गर्ने सरकारका मन्त्रीहरुको अभिव्यक्ति आइरहेपछि माओवादीले सुरक्षा निकायसँग पार्टीले छिट्टै अन्तक्रिर्या गर्ने निर्णय गरेको थियो ।
गृहमन्त्री भिम रावल, रक्षामन्त्री विद्यादेवी भण्डारी, सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शङ्कर पोखरेलले माओवादी आन्दोलनविरुद्ध सेना परिचालन हुने चेतावनी दिंदै आइरहनु भएको छ ।

गृहमन्त्री रावलले सुरक्षा अंगका प्रमुखहरुसंग पटक पटक आन्दोलनमा अपनाउनुपर्ने विषयका बारेमा छलफल गर्दै आईरहनुभएको छ ।

विहीबारमात्र रावलले सुरक्षा अधिकारीहरुलाई आन्दोलनमा संयमता अपनाउन निर्देशन दिनुभएको छ । उहाँले सुरक्षा अधिकारीहरुलाई निर्देश दिँदै आन्दोलनपछि बन्नसक्ने सरकारले कठघरामा उभ्याउन सक्छ, मानवअधिकारको ख्ायल गरेर बल प्रयोग गर्न नेपाल प्रहरीका चार सय भन्दाबढी अधिकृतहरुलाई नेपाल प्रहरी क्लबमा विहीबार सम्बोधनका क्रममा भन्नुभएको थियो । (अनलाइनखबर)

No comments:

Post a Comment