Thursday, April 29, 2010

सेना परिचालन हुन्छ : रक्षामन्त्री

१६ वैशाख, काठमाडौं । रक्षामन्त्री विद्यादेवी भण्डारीले माओवादी आन्दोलनविरुद्ध नेपाली सेना परिचालन गर्ने चेतावनी दिनुभएको छ । सिंहदरबारमा विहीबार विहान बसेको २२ दलको बैठकपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भण्डारीले सेना परिचालनबारे छिट्टै निर्णय हुने जानकारी दिनुभयो ।


‘शनिबारदेखि माओवादीले गर्ने बृहत जनप्रदर्शन हिंसात्मक भए सेना चूप लागेर बस्दैन,’ मन्त्री भण्डारीले भन्नुभयो, ‘सेना परिचालनबारे पनि निर्णय गर्छौं ।’ उहाँले सबै सुरक्षा निकायललाई उच्च सर्तकतामा राखिएको दोहोर्‍याउनु भयो । (अनलाइनखबर)

No comments:

Post a Comment