दोलखा, वैशाख १६ - माध्यमिक शिक्षा परिषद् अन्तरगत सञ्चालित १२ कक्षाको परीक्षामा निरीक्षक माथि हातपात गर्ने विद्यार्थी पक्राउ परेका छन् ।
गौरीशंकर क्याम्पस परीक्षा केन्द्रमा कालिञ्चोक उच्च माविबाट अग्रेजी विषयको परीक्षा दिन आएका राजेन्द्र श्रेष्ठले निरीक्षक प्रेम भट्राईमाथि हातपात गरेपछि उनी पक्राउ परेका हुन् ।
चिट खोसेको विषयलाई लिएर श्रेष्ठले आक्रमण गर्दा भट्राईको नाकमा चोट लाग्नका साथै चस्मा फुटेको छ । परीक्षा मर्यादित बनाउन प्रयत्न गर्दा आफू कुटिएको भट्राईले बताए । दुई घण्टा वितेपछि उनले निरीक्षकलाई कुटेका थिए । एसएलसी र उच्च माविको परीक्षाहरु मर्यादाहीन भएको भन्ने आलोचना भइरहेको बेला यस क्याम्पसले परीक्षालाई कडा गरेर नमुना देखाएको छ । (कान्तिपुर)
Thursday, April 29, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment