इटहरी, बैशाख १६ (नागरिक) - नेपाली काँग्रेस सुनसरी जिल्ला कमिटीका कोषाध्यक्ष बासु कोइरालाको दुर्घटनामा बुधबार राति मृत्यु भएको छ। नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री समेत रहेका कोइरालाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो। सुनसरीको भोक्राहामा सडक छेउमा रोकिराखेको ना २ ख ७८७७ नम्बरको ट्रकमा को ३ प २७८६ नम्बरको मोटरसाइकले ठोक्किँदा मृत्यु भएको हो।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार तिव्र गतिमा मोटरसाइकल हाकेको इनरुवा-७ का कोइरालाको घटनास्थलमै मृत्यु भएको हो।
उनको विहीबार अपरान्ह अन्तिम दाहसंस्कार गरिनेछ। उनको पार्थिव शरीरमा श्रद्धाञ्जली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले दिने कार्यक्रम छ।
Thursday, April 29, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment