Thursday, April 29, 2010

माओवादी आन्दोलन उपलब्धीको उपहास : २२ दल

१६ वैशाख, काठमाडौं । सत्ता साझेदार दलहरुले एकीकृत नेकपा माओवादीले हतियारको बलमा सत्ता कब्जा गर्न खोजेको निष्कर्ष निकालेका छन् । नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विहीबार विहान साढे दुई घण्टा बसेको सत्ता साझेदार २२ दलको संयुक्त बैठकले माओवादी आन्दोलनले जनआन्दोलनबाट प्राप्त उपलब्धीको उपहास गरेको ठहर गरेको छ ।

शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भए पनि कानुनी दायरा भन्दा बाहिर गए सरकार जस्तोसकै कदम चाल्न बाध्य हुने दलहरुको चेतावनी छ । माओवादी आन्दोलन हिंसात्मक भए सोहीअनुसार प्रस्तुत हुन सरकारलाई सुझाव दिइएको बैठकपछि नेपाली काङ्ग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार सहमतिय राजनीतिको आधारमा अघि बढ्न माओवादीको ध्यानाकर्ण गराउनेसमेत बैठकमा निर्णय भएको छ । ‘धम्कीको भरमा सरकार परिवर्तन नहुने भएकाले माओवादी वार्ता र संवादमा आउनुपर्छ,’ उहाँले भन्नुभयो । (अनलाइनखबर)

No comments:

Post a Comment