Tuesday, April 27, 2010

चन्द्रशेखर यादवलाई कतारको पुनरावेदनद्धारा पुनः मृत्युदण्डको सजाय सदर ।

रवि रोषी २६ अप्रिल, नेपाल कतार अनलाइन, इन्डोनेसियाली महिलालाई वलात्कार गरी हत्या गरेको अभियोगमा भारतीय २ नागरिक सहित नेपाली नागरिक चन्द्रशेखर यादवलाई कतारको स्थानीय अदालतले मुद्या चलाईरहेको अवस्थामा यहाँको पुनरावेदनले पुनः मृत्युदण्डको सजाय सदर गरेको छ । सर्वोच्चले पुनर्विचारको लागि पुनरावेदन अदालतमा फर्काएको सो मुद्या अहिले सम्म गरी पाचौँ पटक असफल भएको हो । कतारको समुन्द्री किनारमा (वक्रा) अज्ञात महिलाको मानव कंकाल भेटिएपछि उक्त मृत महिलाको हत्याको अभियोगमा उनी लगायत भारतका मोनिकन्धन श्रीधरन् र उन्नी कृष्णन् मुढ्ढालाई कतारको प्रहरीले आवश्यक छानवीनको क्रममा पक्राउ गरी मुद्या चलाएको थियो ।

यस मुद्याको सुरुवाती क्रममा कतार स्थित नेपाली राजदुतावासको अनुरोधमा कतारका विभिन्न सामाजिक संघसंस्थाहरुले उनको अदालती मुद्या र वहस पैरवीमा लाग्ने शुल्क वापत उठाएर राजदुतावासमा हस्तान्तरण गरी यादवको बचाउको क्रममा कतारको नेपाली समुदायबाट पनि ठुलो सघाउ पुर्याएको महामहिम राजदुत डा. सुर्यनाथ मिश्रले स्मरण गर्नुभयो । चन्द्रशेखर यादवको मुद्या सम्हाल्दै आएकी वकिल मोना अव्देल रहिमको भनाई अनुसार अव यो अन्तिम चरणको अपिल भएको हुनाले उनको बचाउको छैठौँ प्रयासको लागि पुनः पुनरावेदन जाने बताउँदै आगामी पैरवीको लागि २०,००० कतारी रियाल लाग्ने भएकोले उक्त रकम बुझाउनको लागि दुतावासमा जानकारी आएको पनि बताउनुभयो । विदेशमा गई मुद्यामामिलामा फँसेका नेपालीको आवश्यक खर्च तथा राहतको लागि भनेर नेपालमा स्थापित वैदेशिक रोजगार प्रवर्धन वोर्डद्धारा कोष खडा गरिएको र अव बाट लाग्ने सम्पुर्ण खर्चहरु सोहि कोषले नै बेहोर्ने वेहोर्ने भएकोले यसको आर्थिक सहयोगको लागि नेपाल स्थित सम्बन्धित निकायमा पत्र पठाउने जानकारी गराउनुभयो । साथै यसको शिघ्र निकासाको लागि नेपालस्थित सम्बन्धित निकायमा तुरुन्त पत्राचार गरिने पनि महामहिमले नेपाल कतार अनलाइनलाई बताउनुभयो ।

No comments:

Post a Comment