Tuesday, April 27, 2010

पौडेल नेपाल-अमेरिका पत्रकार संघका अध्यक्ष निर्वाचित

वासिङटन डिसि, (अमेरिका), बैशाख १३ - नेपाल अमेरिका पत्रकार संघ (नेजा)को दोश्रो अधिवेशनले नगेन्द्र पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको निर्वाचन गरेको छ। न्यु जर्सी एट्लान्टिकमा अप्रील २४/२५ मा सम्पन्न अधिबेशनले आगामी दुइ बर्षका लागि नर्या कार्य समितिको निर्वाचन गरेको हो। उक्त नव निर्वाचित कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष कृष्ण शर्मा पौडेल, उपाध्यक्ष त्रयमा विष्णु शीतल पौडेल, विजय पौडेल र शेखर ढुङगेल रहेका छन।


यसै गरी महासचिब आङछिरिङ शेर्पा, सचिब शर्मिला उप्रेती र कोषाध्यक्षमा सहदेब पौडेल निर्वाचित भएका छन। त्यस्तै, सदस्यहरुमा अमित शाह, निलम कार्की निहारिका, शिव विष्ट र लिला राउत छन।

अधिबेशनको पहिलो सत्र निवर्तमान अध्यक्ष गिरिश पोखरेलको सभापतित्वमा भएको थियो। नेपाली राजदूतावासका उपनियोग प्रमुख कालीप्रसाद पोख्रलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा महासचिब कृष्ण शर्माले संघको कार्य प्रगति र कोषाध्यक्ष गुणराज लुइटेलले आर्थिक विवरण प्रस्तुत गरेका थिए। -नागरिकन्यूज

No comments:

Post a Comment