Thursday, April 29, 2010

आन्दोलन फिर्ता लिन माओवादीलाई कुटनीतिक दवाव

१६ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीलाई पूर्व घोषित आन्दोलनको कार्यक्रम फिर्ता लिइ सहमतिका साथ अघि बढ्न तीव्र कुटनीतिक दवाव परेको छ । विहीबार विहान मात्रै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरी युरोपेली मुलुकका राजदूत तथा प्रतिनिधिहरुले आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।


कोटेश्वरको पेरिसडाँडामा भएको भेटमा उनीहरुले आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै सचेत पारेका थिए । जवाफमा माओवादी अध्यक्ष प्रचण्डले आन्दोलन शान्तिपूर्ण हुनेमा विश्वस्त पार्नुभएको थियो ।

भेटपछि फ्रेन्च राजदूत गिल्स हेनरी गेनाल्डले लचकतापूर्वक सहमति र सकार्यका साथ अघि बढ्न सुझाव दिइएको सन्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।

यसअघि पनि युरोपेली मुलुकका राजदूत तथा प्रतिनिधिहरुले माओवादी नेताहरुलाई भेट गरी माओवादी आन्दोलनबारे चासो राखेका थिए । (अनलाइनखबर)

No comments:

Post a Comment