काठमाडौँ, वैशाख १६ (नागरिक)- एकीकृत माओवादीले आफ्नो आन्दोलनलाई शान्तिपूर्ण बनाउन कार्यकर्ता परिचालनमा विशेष ध्यान दिने भएको छ। आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै आतंक फैलिरहेको बेला आज बिहान बसेको पार्टी केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले सरकार दमनको तयारीमा लागेको आरोप लगाउँदै शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई कुण्ठित नगर्न आग्रह गरेको छ। आफ्ना कार्यकर्ताहरु बसिरहेको स्थानमा प्रहरीले बल प्रयोग गरी निकाल्न थालेकोमा पनि बैठकले आपत्ति जनाएको छ।
बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काठमाडौँमा रहेका आफ्ना कार्यकर्ताहरुलाई जनसेवाका लागि परिचालन गर्ने निर्देशन दिइएको जानकारी दिए।
बिहान सबेरै रातो टिसर्ट लगाएर मार्चपास गरेका उनीहरुले त्यसपछि काठमाडौँका विभिन्न स्थानमा कुचो लिएर बढार्दै र फोहर उठाउँदै गरेको देखिएको छ।
Thursday, April 29, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment