Thursday, April 29, 2010

हतियारसहित हिँड्नु सम्झौताविपरीत: अनमिन

काठमाडौ, वैशाख १६ - राष्ट्रसंघीय राजनीतिक मिसन (अनमिन)ले मंगलबार चितवनमा माओवादी लडाकुका प्लाटुन कमान्डर सन्तोष राई गि्रनेडसहित पक्राउ पर्नुले हतियार तथा सेना व्यवस्थापन अनुगमनसम्बन्धी सम्झौता उल्लंघन भएको जनाएको छ ।


अनमिनले बुधबार विज्ञप्ति जारी गरी उनलाई उपयुक्त कारबाही गर्न माओवादीलाई आग्रह गरेको छ । 'जीवनलाई जोखिममा पार्ने यो लापरबाहीको भत्र्सना गर्दै अनमिन माओवादीलाई यससम्बन्धी अनुसन्धानमा पूर्ण सहयोग गर्न र उपयुक्त कारबाही गर्न आह्वान गर्दछ,' विज्ञप्तिमा भनिएको छ । (इकान्तिपुर)

No comments:

Post a Comment