१५ वैशाख, विराटनगर । नेपाली काङग्रेस मोरङका जिल्ला सदस्य देवेन्द्र पोखरेल अज्ञात समुहले हानेको गोली लागी गम्भीर घाइते हुनुभएको छ ।
मोरङको दुलारी-९ गोठगाउँस्थित आफ्नै घरमा क्याटरिङ व्यवसाय गर्दै आएका ५५ वर्षीय पोखरेेललाई मोटरसाईकलमा आएको दुई जनाको हतियारधारी समुहले गएराति घरको आँगनमा बसीरहेको बेला गोली हानेको थियो ।
टेन्ट बुक गर्न भन्दै पुगेको सो समुहले चार गोली फायर गरेकोमा दुईवटा गोली पोखरेलको छातिमा लागेको प्रहरीले जनाएको छ । गोली लागी गम्भीर घाईते पोखरेलको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईसियु कक्षमा चिन्ताजनक अवस्थामा उपचार भैरहेको छ ।
गोली प्रहारको कारण खुलेको छैन भने गोली प्रहार पछि फरार समुहको खोजी जारी रहेको मोरङ प्रहरीले जनाएको छ ।
यसैबीच सिरहाको भगवानपुर-१ स्थित बलान खोलाको बगरमा गएराति गाँजा तस्कर र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ । गाजा तस्करी भइरहेको खबर पाएर पुगेको प्रहरी टोलीलाई देखि तस्कर समुहले गोली चलाएपछि दोहोरो फायरिङ भएको प्रहरीले जनाएको छ ।
सो क्रममा दुई जनालाई पक्रन प्रहरी सफल भएको छ । पक्राउ परेकाहरुको पहिचान हुन सकेको छैन । उनीहरुको साथबाट ४० किलो गाँजा र एक थान मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । (अनलाइनखबर)
Wednesday, April 28, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment