१५ वैशाख, काठमाडौं । प्रहरीले एकीकृत नेकपा माओवादी निकट सेनच्याङ साँस्कृतिक परिवारको काठमाडौंको बौद्ध नयाँवस्तीस्थित कार्यालय तथा आवासमा गएराति छापा मारेको छ । रक्सी पिएर मध्यराति सेनच्याङ कार्यालय पुगेका प्रहरीले विनापुर्जी कार्यालयका कोठाहरू खानतलासी गरेको परिवारका संयोजक छिरिङले जानकारी दिनुभयो ।
प्रहरीले त्यहाँ रहेका कलाकर्मीहरूलाई अपशब्द प्रयोग गर्दै पनि गरेका थिए । ‘भोलि बिहानसम्म यो घर छोड, होइन भने हामी आफै आएर खालि गराउँछौं भनेर धम्क्याएर गए,’ छिरिङले भन्नुभयो । -जनसञ्चार केन्द्र
Wednesday, April 28, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment