Wednesday, April 28, 2010

चन्दा रकम घटाउन व्यवसायीको दौडधुप

काठमाडौं, वैशाख १५ (नागरिक)- एकीकृत नेकपा माओवादीले ‘तेस्रो जनआन्दोलन' को नाममा चन्दा आतंक तीव्र पारेपछि उद्यमी व्यवसायीहरू उच्चस्तरीय नेतासँग सम्पर्क गरेर रकम घटाउने दौडधूपमा लागेका छन्।


बैंक तथा वित्तीय संस्था, मनी ट्रान्सफर कम्पनी, पर्यटन, घरजग्गालगायत सबै क्षेत्रका उद्योगी व्यवसायी आफु नजिकका नेतालाई हारगूहार गरेर चन्दा रकम घटाइदिने प्रयासमा लागेका हून्। सूरुमा चन्दा आतंकविरुद्ध संगठित रूपमा लड्ने र एक पैसा नदिने मनस्थितिमा रहेका व्यवसायी माओवादी दबाब थेग्नै नसक्ने भएपछि उच्चस्तरीय नेतालाई भनेर कम पैसामा सल्टाउने विकल्पतिर लागेको बताउँछन्।

केही प्रतिष्ठित व्यवसायीले माओवादीका वरिष्ठ नेता बाबूराम भट्टराईसँग समेत सम्पर्क गरेका छन्। माओवादी नेताहरूले भने तोकिएको रकममा एक पैसा नघटाई चन्दा दिन दबाब दिइरहेको व्यवसायीहरूले बताए।

बैंक तथा वित्तीय संस्थासँग सबभन्दा बढी पैसा मागिएको छ। कतिपय बैंकसँग ३० लाख रुपैयाँसम्म मागेको पाइन्छ। पेट्रोलियम डिलर्स एसोसियसनसँग १० लाख रुपैयाँ मागिएको त्यहाँका एक सदस्यले जानकारी दिए। साना पम्पहरूसँग थोरैमा पाँच हजार र बढीमा जति पनि रकम माग गरिएको छ। त्यस्तै, पर्यटन क्षेत्रमा न्युनतम १० हजारदेखि अधिकतम १० लाख रुपैयाँसम्म मागिएको छ। घरजग्गा तथा वैदेशिक रोजगार व्यवसायीसँग कम्तिमा ५ लाख रुपैयाँ चन्दा माग गरिएको सम्बन्धित व्यवसायीले बताए।

‘हैसियतभन्दा बढी माग्न थालेपछि केही उच्चस्तरका नेतासँग रकम घटाइदिन भन्यौं,' एक मनी ट्रान्सफर कम्पनीका सञ्चालकले मंगलबार नागरिकसँग भने, ‘तर नेताहरूले मानेनन्।'

माओवादी अध्यक्ष पूष्पकमल दाहालले गएको शूक्रबार औपचारिक रूपमै उद्योगी व्यवसायीसँग चन्दा दिएर आन्दोलनमा सहयोग गर्न आग्रह गरेका थिए। त्यसयता माओवादी कार्यकर्ता रकम तोकेरै व्यवसायीका कार्यालय र घर पूग्न थालेका छन्। चन्दाका अतिरिक्त केही व्यापारिक मल, हाउजिङ, क्याटरिङ र गोदाममा कार्यकर्तालाई बस्ने र खूवाउने व्यवस्था मिलाउनसमेत दबाब आइरहेको छ। केही व्यापारीले गोदाम खाली गरेर बस्ने व्यवस्था मिलाइदिएका छन्।

चन्दा आतंकले त्रसित राजधानीको प्रमूख व्यापार केन्द्रका व्यवसायीहरू सम्साँझै पसल बन्द गरिरहेका छन्। न्यूरोडमा मंगलबार साँझ ६ बजेतिरै धेरै पसलका सटर धमाधम बन्द गरिँदै थिए। धेरै व्यवसायीले चिनेको नम्बरबाहेक अरूको टेलिफोन उठाउनै छाडेका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कूमूद खनालले माओवादीको नेवा राज्य समितिको नाममा पत्र आएपछि अखिल नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष शालिकराम जम्मरकट्टेलसँग छलफल गरेको जानकारी दिए। ‘चन्दा स्वेच्छिक हूनूपर्छ, दबाब दिएर असूल्ने कार्य बन्द गर्नूहोस् भनेर हामीले भन्यौं,' उनले भने, ‘हामीले राखेको मागमा उहाँ सकारात्मक हूनूहून्छ।'

चेम्बर अफ कमर्सका अध्यक्ष सूरेन्द्रवीर मालाकारले चन्दाको सीमा नाघेको बताए। ‘परिस्थिति गम्भीर भएकाले कतिपय व्यापारी पसल बन्द गर्न बाध्य छन्,' उनले भने, ‘व्यापारिक मल, क्याटरिङ, गोदाममा बसोबासको व्यवस्था मिलाउन पनि दबाब आइरहेको छ।'

हाउजिङ

राजधानीको हाउजिङ व्यवसायले चन्दाका अतिरिक्त माओवादी कार्यकर्तालाई बस्ने र खूवाउने व्यवस्था मिलाउने दोहोरो मार झेल्नूपरेको छ। निर्माण पुरा भएका अपार्टमेन्टमा बसोबासको व्यवस्था मिलाउन दबाब आएको हाउजिङ व्यवसायीहरूले बताएका छन्। अहिले नाफा बढी भएको क्षेत्र यही हो भन्दै हैसियतभन्दा बढी रकम माग गरिएको एक व्यवसायीले बताए। राष्ट्र बैंकले घरजग्गा लगानीमा गरेको कडाइले चार महिनादेखि सिथिल बनेको यो क्षेत्र चन्दा आतंकले झनै समस्यामा परेको छ।

‘बन्दै गरेका अपार्टमेन्ट र हाउजिङमा पनि कार्यकर्ता राख्न परेको छ,' ती व्यवसायीले भने ‘खाना र ओड्ने- ओछ्याउने व्यवस्था गर्न दबाब दिएका छन्'।

बैंकिङ क्षेत्र

माओवादी निकट संगठनहरूले केन्द्रदेखि उपत्यका बाहिरका वाणिज्य बैंकहरूसँग चन्दा माग्दै पत्र पठाएका छन्। लगातार पत्र आएपछि बैंकरहरूले आतंकित भएर ‘कति चन्दा' दिने भनी छलफल गर्न थालेका छन्। ‘आर्थिक सहयोग गर्नूपर्‍यो भनेर विकास बैंकहरूलाई भनिएको छ,' विकास बैंक एसोसिएसनका अध्यक्ष झपड बोहोराले भने, ‘यसले बैंकिङ क्षेत्रमा त्रासको अवस्था आएको छ।'

चन्दाको समस्या सूल्झाउन वाणिज्य बैंक र वित्तीय कम्पनी संघसँग मिलेर माओवादी शीर्ष नेताहरूसँग भेट्ने समय मिलाइरहेको उनले बताए।

वित्त कम्पनी एसोसिएसनका उपाध्यक्ष राजेन्द्रमान श्रेष्ठले पनि ‘पहिले अदृश्य रूपमा चन्दा उठाइने गरेकामा खूलेआम रसिद काटेर चन्दा लिन थालेको' बताए। ‘हामीलाई वासलातमा देखाउन पनि गाह्रो भएको छ,' उनले भने, ‘नदिए विगतमा जस्तो भौतिक कारबाही होला भन्ने डरले दिनैपर्‍यो।' घटीमा ५ हजारदेखि ३० लाख रुपैयाँसम्म चन्दा मागिएको उनले बताए। कतिपय वित्तीय संस्थाले बार्गेनिङ गरेर क्षमताअनूसार चन्दा दिइरहेको उनले जानकारी दिए।

पर्यटन क्षेत्र

माओवादीले पर्यटन क्षेत्रका होटल, ट्रेकिङ, ट्राभल, वायूसेवा कम्पनी लगायतलाई पत्र पठाएर सक्दो आर्थिक सहयोग गर्न पत्र पठाएको व्यवसायीले बताए। माओवादीले वैशाख १८ को मे दिवसका लागि आर्थिक सहयोग गर्न उल्लेख गर्दै पत्र पठाए पनि टेलिफोनबाट रकम तोकेरै माग्न थालेको गूनासो व्यवसायीले गरेका छन्।

‘मजदूर दिवसका लागि सक्दो आर्थिक सहयोग गर्न आग्रहसहित पत्र पठाएका छन्,' एक पाँचतारे होटलका सञ्चालकले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘उनीहरूले आफ्ना कार्यकर्तालाई खाने र बस्ने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन्। मजदूर दिवसमा कर्मचारीलाई पनि लाने भनेका छन्।'

पत्रमा रेट नतोके पनि सक्दो आर्थिक सहयोग भनेका कारण आफुहरू थप अन्योलमा परेको उनले बताए। उनका अनूसार केही अन्य पाँचतारे होटलसहित आफ्नो होटलमा माओवादीले ‘मजदूर' नामक बूलेटिन दिँदै १५ हजार रुपैयाँको बिल थमाउन थालेका छन्। कम भएका कारण यो रकम व्यवसायीले माओवादीलाई दिएका छन्।

ट्रेकिङ तथा ट्राभल क्षेत्रमा न्युनतम १० हजारदेखि अधिकतम १० लाख रुपैयाँसम्म चन्दा मागिएको सम्बद्ध व्यवसायीले बताए। ‘मलाई तीन लाख रुपैयाँ मागेका थिए र तल झर्दै १ लाख भए पनि हूने भनेका छन्,' ठमेलस्थित एक ट्राभल व्यवसायीले भने। उनका अनूसार कसैलाई ३ लाख, कसैलाई ४ लाख र कसैलाई १० लाख रुपैयाँसम्म मागेका छन्। कमलादीस्थित एक ट्राभल व्यवसायीले माओवादीको चिठी आए पनि रकम तोकेर नमागेको बताए।

दरबारमार्गस्थित एक ट्राभल कम्पनीका सञ्चालकले माओवादीको जबर्जस्ती चन्दा असूलीबाट आफुलाई ताज्जूब लागेको बताए। ‘हामीसँग जबर्जस्ती पैसा लिएर जनतालाई दूःख दिने?,' ती व्यवसायीले भने, ‘यो कस्तो तरिका हो?, व्यवसायीलाई चिढाएर पैसा असूल्दा भविष्यमा माओवादीलाई नै घाटा हून्छ। हामीलाई खूसी पारेर लिन सक्नूपर्‍यो।'

No comments:

Post a Comment