राजेन्द्र फुयाल काठमाडौ, वैशाख १८ - होटल र्याडीसनमा भइरहेको तीन दलीय कार्यदलको बैठक माओवादीको सभाका कारण ३ बजेसम्मका लागि स्थागित गरिएको छ । माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले छलफल सकरात्मक दिशामा अघि बढेकोसमेत उल्लेख गरे ।
यसअघि बैठकमा पर्यवेक्षकको रुपमा सहभागी उद्योग बाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले छलफल सकरात्मक रहेको र दिउँसोसम्ममा सहमतिमा हस्ताक्षर हुनसक्ने दावी संवाददाताहरुसंग गरेका थिए ।
भट्टराईल्े छलफलमा रहेका छ वटा बुंदा मध्ये चार वटामा छलफल सकिएको बताए । सत्ता साझेदारी र संविधान निर्माणको कुरामा छलफल हुन बाँकी छ । 'बैठक सकरात्मक दिशामा अघि बढेको छ' उनले भने, 'साँझसम्ममा सहमति भयोभने भोली देखिको आन्दोलन फिर्ता हुन्छ ।'
उनले सहमतिका लागि प्रयास भइरहेको बेला २२ दलको निर्णय आउनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे । प्रधानमन्त्री निवासमा बसेको २२ दलको बैठकले मिलेर माओवादीको प्रतिकार गर्ने निर्णय गरेकेा थियो ।
बैठकमा माओवादीका बाबुराम भट्टराई र वर्षमान पुन, काँग्रेसका बिमलेन्द्र निधि, कृष्ण सिटौला र रामशरण महत तथा एमालेका इश्वर पोखरेल र प्रदीप ज्ञवाली सहभागी थिए ।
विगतको सम्झौता र सहमतिहरुको समिक्षा र कार्यन्वयन, विश्वासको वातावरण निर्माण गर्ने, राष्ट्रपतिको कदमलाई हेर्ने सम्बन्धमा बुझाइमा एक रुपता ल्याउने र शान्ति प्रकृयाका सम्बनधमा छलफल सकिएको उनले बताए ।
अव संविधान निर्माण र शक्तिको बाँडफाँडमा पनि सहमति जुटेपछि मात्र सहमति बाहिर ल्याउने पनि उनको भनाइ थियो । (ekantipur)
Saturday, May 1, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment