Tuesday, May 4, 2010

मकाउमा बिचल्ली परेकी युवती फर्किदै

निर्मल श्रेष्ठ हङकङ, वैशाख २१ - महिनाको सत्तरीदेखि नब्बे हजार रुपैयँासम्म कमाइ हुने दलालको प्रलोभनमा मकाउ आएर बिचल्ली परेकी चिनीमाया मोक्तान -परिचित नाम सुषमा लामा) नेपाल फर्केकी छन् ।

मंगलबार सँाझ मकाउबाट उडेकी उनी बैंकक हुँदै बुधबार अपरान्ह काठमाडौ उत्रनेछिन् । मकाउमा कार्यरत नेपालीहरुले उनको फिर्तीका लागि आर्थिक सहयोग जुटाएका हुन । मोक्तान बिचल्लीमा परेको समाचार चैत्र २४ को कान्तिपुर दैनिकमा प्रकाशित थियो ।

करिब आठमहिना अघि खोटाङका विदुर राईले मकाउका क्यासिनोमा काम लगाइदिने बताउदै तीन देखि पँाच लाख रुपैया असुलेर मोक्तानसहित छ जनालाई यहँा ल्याइ अलपत्र पारेका थिए । उनीसँगै आएका अन्य सबै घरपरिवारका सहयोगमा नेपाल फर्किसकेका भएपनि मोक्तान आर्थिक अभावमा रोकिएकी थिइन् । काम लगाइदिने भन्दै सँगै आएका दलाल बेपत्ता भएपछि खानेबस्ने समेतको ठेगान नहुदा हप्तौदिन बिचल्लीमा परेको उनले कान्तिपुरलाई बताइन् । पछिल्लोसमय उनी सन्मालोस्थित अवैधानिक तवरले सँञ्चालित एक रेष्टुरँामा खानबस्न दिने सर्तमा सामान्य काम गरिरहेकी थिइन् ।

'नेपाली दाजुभाइका सहयोगले देश फिर्न पाउदा साह्रै खुशी छु,' चिनीमायाले भनिन्, 'तर तीनलाख रुपैयँा ऋण र ब्याज कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ ।' अब साथीभाइ र छरछिमेकलाई कुरा नबुझी दलालको प्रलोभनमा नपर्न सुझाउने उनले बताइन् ।

सिटी अफ डि्रम्स, एमजिएम, ग्राण्ड लापा क्यासिनो लगायत गार्डफोर्स, जेल गार्ड, जिफोरयस सेक्युरिटी र होटल ल्याण्डमार्कमा कार्यरत नेपालीहरुबाट करिब १२ हजार ६ सय ९० पटाका -करिब एक लाख बीस हजार रुपैयँा) सहयोग पाएको मोक्तानले बताइन् । (इकान्तिपुर)

No comments:

Post a Comment