Saturday, May 1, 2010

प्रधानमन्त्रीको सम्बोधन ‘पञ्चायती शैलीमा’: माओवादी

१८ बैशाख, काठमाण्डौ । एकीकृत नेकपा माओवादीले प्रधानमन्त्री माधवकुमार नेपालको सम्बोधन पञ्चायती शैलीको धम्की र आफ्नो कमजोरी ढाकछोप गर्न गरेको प्रलाप भएको आरोप लगाएको छ । मुलुकको राजनीतिक संकट गहिरिंदै गएपछि प्रधानमन्त्री नेपालले शनिबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै सडकबाट संघर्ष गर्दैमा राजिनामा नदिने बताउनुभएको थियो ।


माओवादीका प्रवक्ता दिननाथ शर्माले प्रधानमन्त्री नेपालको सम्बोधनमाथि अनलाइखबरसंग प्रतिक्रिया दिँदै भन्नुभयो, ‘यो सम्बोधनको कुनै तुक छैन ।’

शासन सत्तामा बसेर शान्ति र संविधाननिर्माणलाई तुहाउने षडयन्त्रको अङ्गको रूपमा प्रधानमन्त्रीको सम्बोधन आएको उहाँको भनाई छ ।

उक्त सम्बोधन एकीकृत माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबीच भइरहेको सहमतिप्रयासलाई विथोल्ने र विदेशी मालिकलाई रिजाउने कसरत भएको पनि प्रवक्ता शर्माको भनाइ छ । (onlinekhabar)

No comments:

Post a Comment