Monday, June 21, 2010

कीर्गिजस्तानबाट नेपाली बिद्यार्थीलाई ल्याइँदै

होम कार्की, काठमाडौं, अषाढ ८ - जातीय हिंसामा डुबेको दक्षिणी किर्गिस्तानमा असुरक्षीत दुई छात्रा सहित १९ नेपाली बिद्यार्थीलाई भारतीय दुताबासको सहयोगमा उद्धार गरिएको छ । उनीहरुलाई दुताबासले पिस्केक शहरमा ल्याइ राखेको छ । मेडिकल बिषयमा अध्ययनरत नेपाली बिद्यार्थीर् बस्दै आएको ओश शहरमा गत साता देखि किर्गिज र आदीबासी उज्वेकी समुदाय बीच हिंसा भड्किएपछि उनीहरु असुरक्षीत थिए ।
भारतीय दुताबासले आफ्नो बिद्यार्थीसहित नेपाली बिद्यार्थीलाई उद्धार गरी पिस्केकमा ल्याई राखेको हो । हिंसामा किर्गिजस्तानमा कम्तीमा दुई सय जना मारिएका छन् । तर, अन्तरीम सरकारका प्रमुख रोजा ओटुनबयेभाले दुई हजारको हारहारीमा मृत्यु हुन सक्ने बताएकी छिन् ।

भारतीय दुताबासको समन्वयमा उनीहरुलाई तीन दिन भित्र नेपाल ल्याउन रुसस्थित नेपाली दुताबास र गैहआबासीय नेपाली समुदायले पहल थालेका छन् । बिद्यार्थीहरुलाई बस्न र खाना समेत भारतीय दुताबासले ब्यबस्था मिलाउदै आएको छ । दुताबासले शरण दिने नेपाली बिद्यार्थीमा फाइजुर रहमान, शंकरप्रसाद राउत, मोहमद रसिद सिद्दिकी, शुसिल बोहरा, दिनेश क्षेत्री, जगरत्न शाह, चन्दन प्रसाद शाह, मोहमद् आंदुल्लाह, अनिल कुमार यादब, बिरेन्द्र कुमार यादब, रिजन आर्चाय, नसिर, बिमलदेब यादब, शान्ती शिवाकोटी, राजेन्द्र बिक्रम खड्ग, दिलिप सिदा, चन्द्र शेखर लामा, रोजा लिना कार्की, अलिना कार्की र नबिन चन्द्र बजगाई रहेका छन् ।

'अहिले नेपाली बिद्यार्थीलाई भारतीय दुताबासले सुरक्षीत स्थानमा राखेको छ । उनीहरुलाई खाना र बस्न समेत भारतीय राजदुतले गर्दैआएका छन् ।', रुसको मस्को स्थित गैहआबसीय नेपाली संघ उपाध्यक्ष जीबा लामिछानेले कान्तिपुरलाई भने-'उनीहरुलाई बुधबार सम्म स्वदेश पठाउने अभियानमा लागेका छौं । त्यसको लागि आज मंगलबार दिउँसोसम्म काजाकस्तानको अल्माटीमा ल्याउने तयारी छ ।'

उनले बिद्यार्थीहरु अल्माटीबाट दिल्ली हुदै नेपाल पठाउने बताए । 'हामी जति छिटो हुन्छ त्यति नै छिटो नेपाल पठाउने गरी उडान तालिका मिलाउदै छौं', उनले भने । बिद्यार्थीहरुलाई स्वदेश फिराउन तत्काल गैहआबासीय नेपाली संघ रुसले टिकटको ब्यबस्था गरिदिएको छ । 'नेपाली राजदुत सुर्यकिरण गुरुङले सरकारी प्रक्रिया अनुसार तत्काल पैसा आउन समय लाग्ने भएकोले पछि भराउने गरी टिकटको ब्यबस्था हामीले ब्यहोर्ने भएका छौं', लामिछानेले भने-'हाम्रो उद्देश्य भनेको उनीहरुलाई सकुशल स्वदेश पठाउनु हो ।'

फिर्ने बिद्यार्थीहरुको अध्ययन पुरा भएको छैन् । उनीहरु तीनदेखि ६ बर्षसम्म अध्ययन गरिरहेका बिद्यार्थीहरु हुन् । लामिछानेका अनुसार किर्गिजस्तानको बाताबरण सहज भएपछि पुन आउनेगरी स्वदेश फिर्न लागेका हु्न् ।

No comments:

Post a Comment