काठमाडौं, ८ असार (रासस)- नेपाल भ्रमणमा रहेका भारतीय नेताले नेपालमा राष्ट्रिय सहमतिको सरकार गठन भारतको चाहना रहेको बताएका छन्।
१२ बुँदेदेखि तीनबुँदेसम्म सबै सहमति इमानदारीसाथ पालना गरिए तत्कालै सहमतिको राष्ट्रिय सरकार बन्ने उनीहरूको धारणा छ ।
सोमबार काठमाडौंमा आयोजित अन्तर्त्रि्कयामा भारतीय राष्ट्रवादी कांग्रेसका महामन्त्री डिपी त्रिपाठी र भारतीय समाजवादी जनता पार्टीका महामन्त्री एचएन शर्माले नेपालमा शान्ति भए भारतमा समेत शान्ति र स्थिरता कायम गर्न मद्दत पुग्ने दाबी गरे।
'नेपाल भारतको मुकुट भएकाले नेपालमा शान्ति स्थापना भए मात्र भारतमा पनि हुन्छ,' शर्माले भने। उनले राष्ट्रिय मुद्दामा सबै मिलेर काम गर्नुपर्ने, राष्ट्रिय सरकार पनि सर्वसम्मत चयन होस् भन्ने भारतको चाहना रहेको स्पष्ट गरे।
त्रिपाठीले नेपालमा प्रजातन्त्र सुदृढ हुन दलहरूबीच सहमति, शान्तिप्रक्रियाको निष्कर्ष, र संविधान निर्माणमा सहमति जुटाउनुपर्ने सुझाए।
त्रिपाठीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटेर प्रचण्ड होइन पुष्प हुनुपर्यो भनी सुझाव दिएको बताए।
उनले सन् १९५० देखि हालसम्म भारतसँग भएका सबै सन्धिसम्झौताको नेपाल सरकारले आवश्यक ठाने संशोधन गर्न सकिने पनि बताए।
Tuesday, June 22, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment