Monday, June 21, 2010

वर्कस केन्द्रीय नेता माओवादी प्रवेश

रोहित राई, (नागरिक) धरान,असार ७- पूर्वमा सशस्त्र आन्दोलन गरिरहेको किरात जनवादी वर्कस पार्टीका केन्द्रीय कोषाध्यक्ष अमर लिङ्देन सहित २८ नेता एवं कार्यकर्ताले सामुहिक रुपमा पार्टी परित्याग गरी एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन्।वर्कसका केन्द्रीय नेता माओवादीको महमाइ गाउँ पार्टीको कार्यक्रममा माओवादी प्रवेश गरेका हुन्।
आनिहाङ्ग किराती उपनामका वर्कसका केन्द्रीय कोषाध्यक्ष अमर लिङ्देनले सोमबार एक प्रेस विज्ञप्ती जारी गरी वर्कस पार्टीबाट नेपाली जनताको मुक्ति सम्भव नभएकोले आफू सहित २८ जना नेता, कार्यकर्ताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। पार्टी आन्तरिक अन्तरविरोधबाट माथि उठ्न नसकेको, गुट उपगुटसँगै जातीय मुक्ति आन्दोलनको बहानामा राजनीतिक अपराधिकरण बढेको भन्दै उनीहरुले पार्टी परित्याग गर्नुपरेको विज्ञप्तीमा छ।
लगत्तै, एकीकृत नेकपा माओवादीको इलाम जिल्ला सह सेक्रेटरी एवं कार्यालय सचिव चन्दाले एक विज्ञप्ती जारी गरी कोषध्यक्ष लिङ्देनसहित २८ जनालाई पार्टी प्रवेश गरेको जनाएका छन्। महमाइ गाउँ पार्टीको आयोजनामा ११ नम्बर आर्क सहकमाण्ड हेमन्तको प्रमुख आतिथ्यमा वर्कसका पूर्व केन्द्रीय कोषाध्यक्ष अनिहांग किराती(अमर लिङ्देन)सहित पुर्व केन्द्रीय सदस्य वहाङ किराती(रतन देवन), पुर्व वैकल्पिक केन्द्रीय सदस्य चर्तुमान ज्याक, पुर्व दमक इञ्चार्ज हाङ्कु किराती लगायत २८ जनालाई सामुहिक पार्टी प्रवेश गराइएको सो विज्ञप्तीमा उल्लेख छ।

वर्कसका कोषध्यक्ष लिङ्देन ०६४ साल माघदेखि इलाम जिल्ला कमिटीमा रहेर वर्कस पार्टीमा प्रवेश गरेका थिए। लगत्तै उनी ०६५ कार्तिकमा सम्पन्न वर्कसको पाँचौं बैठकबाट केन्द्रीय सदस्यमा मनोनित भइ केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। विवश बिद्रोहीको नेतृत्वमा रहेको वर्कस पार्टीको केन्द्रीय सचिव, सहसचिवसहित नेताहरु समातिएको दुई साता पछि केन्द्रीय कोषाध्यक्षसहितले पार्टी परित्याग गरेको घोषणा गरेको हो।

No comments:

Post a Comment