Wednesday, June 30, 2010

जर्मनीमा प्रवासी खेलाडीको बाहुल्य

काठमाडौं, असार १५/यदि जर्मनीमा नागरिकता कडाइ गर्ने हो भने धेरै खेलाडीले विश्वकप खेल्न नपाउने स्थिति सिर्जना हुनेछ । कुल २३ सदस्यीय टोलीमध्ये ११ खेलाडीका अभिभावक विदेशी भएकाले यस्तो अवस्था सिर्जना भएको हो । पोल्यान्ड, टर्की, घाना, बोसेनिया र ब्राजिल मूलका अभिभावक भएका खेलाडीले जर्मनी टोलीबाट खेलिरहेका छन् ।
५ नम्बर जर्सी लगाएर रक्षापंक्तिबाट खेल्ने २३ वर्षीय सेरडार टासी टर्किस आमाबाबुबाट जर्मनीमा जन्मेका हुन् । उनलाई दुवैले देशले आ-आÏनो भनी दाबी गरिरहेका छन् । यसैगरी २३ नम्बरको जर्सीमा अग्रपंक्तिमा खेल्ने मारियो गोमेज स्पेनिस बाबु र जर्मन आमाबाट जन्मेका हुनु । बायर्न म्युनिखका स्ट्राइकर पछि गएर दुवै देशका हुनसक्छन् ।

रक्षापंक्तिमा खेल्ने अर्का २१ वर्षीया जिरोमी बोटेङ २० नम्बरको जर्सी लगाएर मैदानमा देखिन्छन् । उनी जर्मनी आमा र घानामूलका बाबुबाट जर्मनीमै जन्मेका हुन् । उनका सौतेला भाइ केभिन पि्रन्सचाहिँ घानाबाट खेल्छन् । दोहोरो नागरिकता भएकाले उनले यो सुविधा पाएका हुन् । जर्मनीसँगको अन्तिम खेलमा यी दुईको भेट भएको थियो ।

२३ वर्षीया सामी केदिरा जर्मनीमै जन्मे तर उनका बाबु ट्युनियसाका हुन् । मध्यपंक्तिमा ६ नम्बरको जर्सी लगाएर खेल्ने केदिरा खेलाडी पुस्तामा सामान्य लाग्छन् । अर्का २३ वषर्ीय डेनिस आगोको जन्म पनि जर्मनीमै भयो तर उनी नाइजेरियन बाबु र जर्मनी आमाबाट जन्मेका हुन् । उनलाई नाइजेरियन टोलीमा बोलाइएको थियो तर उनले जर्मनीबाट खेल्ने निर्णय गरेका थिए ।

३२ वर्षीय मिरोस्लोभ क्लोस जर्मनीको भरपर्दा स्ट्राइकर हुन् । ११ नम्बर जर्सीमा मैदानमा देखिने क्लोसको यो दोस्रो विश्वकप यात्रा हो । विश्वकपमा जर्मनीका लागि १२ गोल गरिसकेका क्लोस पोल्यान्डमा जन्मेका हुन् । उनका अभिभावक पोल्यान्डका भएपनि उनीहरु जर्मनीमूलका हुन् । क्लोस ७ वर्षको उमेरमा पुनः जर्मनी फर्किए । पोल्यान्डमा उनको अहिले पनि घर र श्रीमती छन् ।

जर्मनीको अर्का भरपर्दा स्ट्राइकर लुकास पोडोल्स्की पनि पोल्यान्डमै जन्मेका हुन् । १० नम्बर जर्सीमा देखिने पोडोल्स्की २ वर्षको उमेरमा जर्मनी आएका थिए । पछि उनले पोल्यान्डको नागरिकता फर्काएदिएका थिए ।

मध्यपंक्तिका अर्का खेलाडी प्योटर ट्रोचहोस्की पनि ५ वर्षको उमेरमा पोल्यान्डबाट जर्मनी आएका हुन् । उनी पोल्यान्ड बाबुआमाबाटै जन्मेका हुन् । जर्सी नम्बर १५ लगाएर मैदानमा देखिने ट्रोचहोस्कीले सुरुमा पोल्यान्डबाटै खेल्ने योजना बनाएका थिए, पछि उनले पनि जर्मनीबाटै खेल्ने निर्णय गरे ।

२१ वर्षीय मार्को मारिन मिडफिल्डरका भरपर्दा खेलाडी हुन् । उनी बोसेनियामा जन्मेका हुन् । बोसेसिया मूलका मारिन २ वर्षको उमेरमा जर्मनी भित्रिएका हुन् । अर्का मिडफिल्डर मित्सु ओझिल टर्की मूलका हुन् ।

१९ नम्बर जर्सीमा मैदानको अग्रपंक्ति सम्हाल्ने काकाउका अभिभावक ब्राजिलियन हुन् । उनी १९ वर्षको उमेरमा ब्राजिलबाट जर्मनी आएका हुन् । 'हेलमुट' उपनामले चिनिने काकाउलाई जर्मनीका पूर्व चान्सलर हेलमुट कोलले नागरिकता दिलाइदिएका थिए ।

केही देशलाई छाडेर युरोपका अधिकांश देशका खेलाडीमा प्रवासी छन् । बेलायती टोलीमा सन् १९७० देखि नै प्रवासीलाई खेलाउने परम्पराको थालनी भएको हो । अहिले पनि इंग्ल्यान्डको टोलीमा ८ जना काला जातिका खेलाडी छन् ।

सन् १९९८ को विश्वकप जित्दा फ्रान्सको टोलीमा अधिकांश प्रवासीको जमात थियो । फ्रान्सको टोलीमा यो क्रम अझ बढ्दै गएको छ । अघिल्लो संस्करणमा नेतृत्व गरेका जिनेदान जिदानसमेत अल्जेरियाबाट फ्रान्समा बसाइ सरेर नागरिकता प्राप्त गरेका थिए ।

अफ्रिकी विश्वकपपछि संन्यास लिदै क्लोस

जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोसले विश्वकपको १९ औं संस्करणपछि खेल जीवनबाट संन्यास लिने भएका छन् । जर्मनीका बलिया खम्बा मानिने क्लोसले विश्वकपमा १२ गोल गरेर पेलेको बराबरी गरेका छन् भने सर्वाधिक गोलकर्ता ब्राजिलका रोनाल्डोभन्दा ३ गोलले पछि छन् । पोल्यान्डमा जन्मिएका क्लोसले जर्मनीका लागि ९९ खेल खेल्दै ५० गोल गरेका छन्, जसले उनलाई जर्मनीको सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो नम्बरमा पुर्‍याएको छ । सूचीको पहिलो नम्बरमा ग्रेल मुलर छन्, जसले ६८ गोल गरेका छन् । क्लोसले इंग्ल्यान्डविरूद्ध गोल गर्दै जर्मनीलाई अन्तिम ८ मा पुर्‍याएका थिए । mankaji nepali - nepalgerman

No comments:

Post a Comment