Tuesday, June 29, 2010

युवतीमाथी सामुहिक बलात्कार

१६ असार, दाङ । दाङको तुलसीपुरमा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । रुकुम चुनवाङ गाविस २ निवासी १८ बर्षीया युवतीलाई तुल्सीपुरस्थित न्यु राप्ती गेष्ट हाउसमा बसेको समयमा ६/७ जना युवाको समुहले गेष्ट हाउसबाट जबर्जस्ती बाहिर निकाली नजिकैको मकैबारीमा लगेर सामुहिक बलात्कार गरेका हुन् ।
गएराति गेष्टहाउसमा बसेर फुटबल हेरिरहेका केही युवाहरुलाई हल्ला नगर्न ती युवतिले आग्रह गरेकी थिइन् । तर, युवाहरुको समूहले होटलबाट बाहिर निकाली युवतीलाई बलात्कार गरेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा गेष्ट हाउस संचालक र अर्का एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । फरार रहेका अन्यको पहिचान भैसकेको र खोजी तीव्र पारीएको प्रहरीले जनाएको छ ।

पीडित युवतीलाई ईलाका प्रहरी कार्यालयले संरक्षण दिएको छ । उनी बाँकेको कोहलपुरमा अध्ययन गरेर आफ्नो घर रुकुम जाने क्रममा गएराति गेष्ट हाउसमा बसेकी थिईन् । (onlinekhabar)

No comments:

Post a Comment