Wednesday, June 30, 2010

ज्याक्सनका चिकित्सक विरुद्ध हत्या मुद्धा

अमेरिकाको लस एन्जलस प्रशासनले पप स्टार माइकल ज्याक्सनका पूर्व निजी चिकित्सक विरुद्ध हत्याको अभियोगको मुद्धा दायर गरेको छ । यद्धपी चिकित्सक कनरेड मेरले आफुमाथि लगाइएको आरोप निराधार भएको दावी गरेका छन । यदी उनलाई गैर मनसायले हत्या गरिएको दोषी पाइएमा चार वर्षको जेल सजाय हुन सक्छ । ५० वषिर्य ज्याकसनको गत साल जुनमा आफ्नै घरमा मृत्यु भएको थियो ।

दुखाई कम गर्ने औषधीको मात्रा बढी उपभोग गरेको कारण उनको मृत्यू भएको निष्कर्ष प्रतिवेदनले निकालिएको थियो । डाक्टर मरे यही समयमा ज्याक्सनको निजी चिकित्सकमा नियुक्त भएका थिए । यही समयमा ज्याक्सन सांगीतिक दुनियाँमा सशक्त ढंगबाट पुनप्रवेश गर्न गइरहेका थिए । गत अगस्टमा ज्याक्सनले डाक्टर मरेलाई निद नआउने गुनासो गरेपछि उनले उपचारका लागि त्यस्तो औषधी प्रयोग गर्न सल्लाह दिएका थिए । (nepalgerman)







सो औषधीको बढी सेवनका कारण ज्याक्सनको मृत्यू भएको अधिकारीहरुले विश्वास गरेका छन । तर डाक्टर मरे यसकै कारण ज्याक्सनको मृत्यू भएको मान्न तयार छैनन् । एक हप्ताअघि नै नै उनीमाथि गैर मनसायले हत्याको आरोप लाग्न सक्ने संकेत देखिएको थियो । मरेले आफु कानूनी लडाइका लागि तयार रहेको जनाएका छन ।

No comments:

Post a Comment