१६ असार, काठमाडौं । आगामी आर्थिक वर्षका लागि निजामति कर्मचारीहरुको तलब बृद्धि नहुने भएको छ । निजामति कर्मचारीहरुको तलब नबढेपछि शिक्षकहरुको पनि नबढ्ने पक्का भएको छ ।
शिक्षा मन्त्रालयका उपसचिब डा. लेखनाथ पौडेलका अनुसार आगामी आर्थिक वर्षका लागि शिक्षकहरुको तलब वृद्धिका लागि रकम मागिएको छैन । ‘निजामति कर्मचारीहरुको तलब बढेमात्र शिक्षकहरुको पनि बढ्छ,’ उपसचिब पौडेलले भन्नुभयो, ‘यसपटक निजामति कर्मचारीको तलब नबढ्ने देखिन्छ ।’
चालू आर्थिक वर्षमा सरकारले निजामति कर्मचारीको भत्ता बृद्धि गरेको थियो ।
शिक्षकलाई तलब खुवाउन समस्या
यसैबीच शिक्षा मन्त्रालयले शिक्षकको अन्तिम चौमासिक रकम अपुग भएको भन्दै अर्थ मन्त्रालयसँग मागेको छ । सरकारले चालू आर्थिक वर्षमा शिक्षकको तलब बृद्धि गरे पनि सो रकम निकासा भएको छैन । रकम अभावमा तलब निकासा नहुँदा शिक्षकहरुलाई तलब खुवाउन समस्या परेको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिब डा. पौडेलका अनुसार मुलुकभरका सबै शिक्षकलाई वृद्धि तलबका लागि साढे दुई अर्ब आवश्यक पर्छ । अर्थ मन्त्रालयलाई रकम निकासाको लागि अनुरोध गरेको उहाँले बताउनुभयो । मन्त्रालयले सोमबार मात्रै राहत शिक्षकहरुलाई स्थायी शिक्षकसरह तलब उपलब्ध गराउन सहमति गरेको थियो ।
शिक्षा मन्त्रालयले आगामी आर्थिक वर्षका लागि अर्थसँग साढे ४६ अर्ब बजेट माग गरेको छ । (onlinekhabar)
Tuesday, June 29, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment